न्यूजपाली हेडलाइन

विश्वका सय उदीयमान नेताको सूचीमा बालेन्द्र शाह ‘बालेन’
अमेरिका । विश्वको प्रतिष्ठित म्यागेजिन ‘टाइम’ले सन् २०२३ का उदीयमान एक सय जनाको सूचीमा काठमाडौंका मेयर बालेन्द्र शाहलाई समावेश गरेको छ । म्यागेजिनले प्रकाशित गर्ने विश्वका उदीयमान नेताहरुमा काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ को नाम समावेश छ । म्यागेजिनले हरेक बर्ष ६ बिधामा, अभूतपूर्व योग्दान पुराएका तथा अतिरिक्त क्षमतावान व्यक्तिहरुको नाम समावेश गर्दै आएको...
तस्करी
६० किलो सुन ल्याउनेले पहिला नै ३०२ किलो सुन तस्करी गरेको देखियो: सीआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको  सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। ‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ उनले...
हार्दिक श्रद्धाञ्जली
संबिधान सभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले राजकीय सम्मान दिने
संबिधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनमा सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको निधन लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संबिधान निमार्ण प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राजकीय सम्मान दिने निर्णय गरेको हो । संघिय संसदमा शोक व्यक्त गरिने यस्तै प्रतिनिधि सभाले...
संबिधान सभाका अध्यक्ष नेम्वाङको ह्दयघातका कारण निधन
काठमाण्डौं । संबिधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको ह्दयघातका कारण निधन भएको छ । एमाले उपाध्यक्ष तथा संसदीय दलको उपनेता समेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएको हो । ह्दयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुराएपछी निधन भएको एमाले प्रमुख सचेतक पदम गिरीले न्यूजपालीलाई जानकारी दिए । इलाम बजार सुन्तलाबारमा जन्मिएका नेता नेम्वाङ...
9/11
अमेरिकामा सेप्टेम्बर ११ को सम्झना, म्यानहाटनमा स्मृतिसभा
संयुक्त राज्य अमेरिकामा सन् २००१ मा विश्वको एक आतङ्कवादी सञ्जाल अल कायदाद्वारा गरिएको आक्रमणको आज २२ वर्ष पूरा भएको छ। सो आक्रमणमा मारिएका नागरिकको स्मरणमा न्युयोर्कमा स्मरण सभाको आयोजना गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। अमेरिकाको न्युयोर्कस्थित ग्राउण्ड जिरोमा रहेको टावरमाथि अल कायदाले हवाई जहाज ठोक्काएर सो आक्रमण गराएको थियो। नाइन इलेभेनका रूपमा परिचित यो...
मुलुकमा फेरि हिंसा रहित युद्धको आवश्यकता छ-प्रधानमन्त्री दाहाल
विराटनगर । १० बर्ष लामो युद्ध गरी शान्ति प्रकृया मार्फत मुलधारको राजनीतिमा आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो पटक हिंसारहित युद्धको आवश्यकता औंल्याउँदै आएका छन् । पछिल्ला दिनहरुमा पटक पटक उनले फेरी युद्धको आवश्यकता रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले माजवादी मोर्चाको विराटनगरमा आयोजित कार्यक्रममा लाखौं जनता सडकमा उतार्ने उद्घोष गरेका हुन । उनले हिंसारहित...
पूर्वराष्ट्रपति यादव वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ : पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका...
मानव तस्करी
अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने हस्त पक्राउ
नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई  १८ बर्षपछि प्रहरीले समाउन सफल भएको छ । गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भारत हुँदै नेपाल आउने क्रममा उनलाई भैरहवाबाट पक्राउ गरेको हो। रुकुम पूर्वको सिस्ने स्यालापाखाका ५२ वर्षीय गौतम सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँडडुल गर्न ह्वेलचेयर चाहिने गाैतमले अपराधिक...
जी २०
विश्वका शक्तिशाली राष्ट्रप्रमुखहरु दिल्लीमा
नयाँ दिल्ली । शनिबार र आइतबार (सेप्टेम्बर ९ र १०) तारिखका दिन विश्वभरका शक्तिशाली नेताहरु दिल्लीमा रहने छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, इटलीका प्रधानमन्त्री जांर्जियो मेलोनी, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाडिज दिल्ली आइपुगेका छन् । नयाँ दिल्लीमा शनिबारदेखि दुई दिन जी २० शिखर सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा...
प्रधानमन्त्रीमा देउवाको विकल्प छैन – कांग्रेस नेता शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्प नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताउँदै आएका कोइरालाले शुक्रबार दिउँसो नयाँ बानेश्वरको एउटा रेस्टुरेन्टमा कांग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तर्क्रियामा प्रधानमन्त्री भने देउवा बन्ने जिकिर गरे । ‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्छ । लोकतान्त्रिक पद्धतिबाट अगाडि जान्छ । त्यसमा हाम्रो संसदीय दल...
सुरक्षा
गृहमन्त्रीलाई गगन थापाको प्रश्न– काठमाडौंमा एक्लै हिँड्न नपाइने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ
काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण छानबिन गर्न माग गरेका छन्। बुधबार यादवमाथि काठमाडौंको भृकुटीमण्डमा खुकुरी प्रहार भएको थियो। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भने, ‘मैले हिजो चिकित्सकलाई गएर भेटें। चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। तर एउटा सन्काहाले...
डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले पुष्टि गरे । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै वडाध्यक्षमा...