राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका लागि लड्नेहरूका लागि ४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह प्रेरणाको अजस्र स्रोत बनेको बताएका छन् ।
सिंहको व्यक्तित्व र योगदानलाई चीरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको पूर्णकदको शालिक मंगलवार अनावरण गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् ।
‘जेलनेल, निर्वासन र क्रान्तिका कठिन समयमा पनि लोकतन्त्रको पक्षमा सतिसाल झैँ उभिने मात्र नभएर आफ्नो विचार र अडानमा अडिग रहने सिंहको स्वभाव हामीजस्ता लोकतन्त्रमा लाग्ने र लड्नेहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्यो र अझै बनिरहने छ,’ उनले भने ।
राष्ट्रपति पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाएर सिंहले देखाएको बाटोमा हिड्न सक्यांै भनेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे ।
‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सधैँ प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने आदर्श, त्याग र निष्ठाको निष्काम कर्म हो भनेर प्रमाणित गर्ने गणेशमानजीको यही जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ,’ उनले भने ।
सिंहसँगको साथ र सान्निध्यता जुन मैले मेरो राजनीतिक जीवनमा पनि पाएको र जुन आज उनको स्मृतिमा पनि ताजै रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । त्यसले आफूलाई सदैव सत्य, निष्ठा र आदर्शको बाटोमा हिड्न अभिप्रेरित गरिरहेको उनले बताए ।
अर्थमन्त्री डा प्रकाशशरण महतले बाटिकाको बाँकी काम सम्पन्न गर्न सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी सिंहका पुत्रसमेत रहेका सांसद प्रकाशमान सिंहले राजनीतिक परिवर्तनलाई दिगो बनाउनका लागि आर्थिक विकास अपरिहार्य रहेको भनेर बुवाले २०४६ सालपछि भनेको कुरा अझै सान्दर्भिक रहेको बताए ।
सो क्रममा बाटिका निर्माणमा महत्वपूर्ण सहयोग गरेको भन्दै पूर्वसांसद रामेश्वर ढुंगेललाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यस्तै गणेशमान सिंहको शालिक बनाउने मूर्तिकार महेश तुलाधरलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
भर्खरै
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
प्रवासी नेपालीहरुले एक स्वरमा भने, हामी नागरिकताको निरन्तरताका लागि लडिरहनेछौं
चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं