प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेका बीच भेटघाट भएको छ । राष्ट्रसंघको ७८ औं महासभा बैठकमा सहभागि हुन आएका प्रधानमन्त्री दाहाल र महासचिव गुटरेका बीच आइतबार न्यूयोर्क समय अनुसार साँझ सात बजेपछी भेटवार्ता भएको हो ।
प्रधानमन्त्री र गुटरेकाबीच विश्व शान्ती, बिकास र समृद्धिका बारेमा कुराकानी भएको नेपालका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले जानकारी दिए । भेटमा गुटरेले दाहालसँग नेपालको बिकासका बारेमा समेत चासो राखेको बताइन्छ ।
राष्ट्रसंघको महासभा बैठकमा सहभागि हुन न्यूयोर्क आईपुगेका प्रधानमन्त्री दाहालले आइतवार नेपाली समुदायका प्रतिनिधि र पार्टी निकटका व्यक्तिहरुसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री दाहालले महासंघको बैठकका क्रममा उच्चस्तरिय सम्बोधन गर्ने कार्यक्रम छ भने दाहाल अमेरिकी राष्ट्रपति जो बाइडेनले सभामा सहभागि हुन आएका बिभिन्न देशका प्रमुखहरुको स्वागतमा आयोजना हुने रात्री भोजमा समेत सहभागि हुने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल राष्ट्रसंघको सभालाई सम्बोधन गरेपछी छिमेकी देश चीन जाने कार्यक्रम रहेको छ ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
शौच गर्न गएकी महिला बतात्कृत
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं