न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रधानाध्यापक हत्या प्रकरण : दश जना पक्राउ
बाराको स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।
आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ बुधबार
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि बुधबार पुन: हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट...
नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायो
आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले...
विचार
राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा
कृष्ण अधिकारी/रासस नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हिजो उच्च सरकारी अधिकारी एवं प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रसङ्घ र नेपालबीचको लामो मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्नुभयो । खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित समस्याप्रति उहाँले गहिरो चिन्ता मात्र व्यक्त गर्नुभएन, आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी सङ्कटको आँधीमा...
नेपालका करिब ६० प्रतिशत घर एकतले
नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजा सम्बन्धी विवरण अनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरण अनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र...
भारतमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुग्यो
भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भने, “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।” यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजीत...
बङ्गलादेशमा डेङ्गु सङ्क्रमित एक हजार भन्दा बढीको मृत्यु
बङ्गलादेशमा सोमबार एक हजार ७ सय ८ नयाँ डेङ्गुका बिरामी थपिएका छन् भने थप आठ जनाको मृत्यु भएको छ । वर्ष एक हजार ३ सय ४१ जनाको मृत्यु भएको र कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार ३ सय ८८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय डीजीएचएसले जनाएको छ । बङ्गलादेशमा अक्टोबरमा ३ सय ५२, सेप्टेम्बरमा ३...
एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भने, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको छ ।” कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग...
मानव बेचबिखनको आरोपमा प्रहरीनै पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनीसँगै अर्का एक व्यक्ति समेत...