भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भने, “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।” यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजीत साहुले ट्र्याक पुनःस्थापनाको काममा ध्यान दिइएको बताएका छन ।
“उद्धार कार्य अहिले सकिएको छ, हामीले फँसेका यात्रुहरूका लागि बस र रेलको व्यवस्था गरेका छौँ, १८ वटा रेल रद्ध गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ, हामी साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौँ”, उनले भने ।
उनले सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए । “सामान्य घाइते भएकाको अलामान्दा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ, गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ, हामीले फँसेका यात्रुहरूका लागि रेल र बसको व्यवस्था गरेका छौँ, केही रेललाई रद्ध र डाइभर्ट गरेका छौँ, हामीले सहायता डेस्क स्थापना गरेर यात्रुहरूलाई एसएमएसमार्फत सूचित गरिरहेका छौँ”, उनले भने ।
“हाम्रो दुई एआरटी (एक्सिडेन्ट रिलिफ ट्रेन) टिमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन्, साँझ ४ बजेसम्म ट्र्याक सफा गर्ने प्रयास गरिरहेका छन्”, उनले भने ।
आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीन वटा डिब्बा संलग्न रहेको बताए ।
भर्खरै
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
भाजपा चारमध्ये तीनमा बिजयी, कांग्रेस एक राज्यमा सीमित
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं