आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो । कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरुको उत्साहप्रद रुपमा सहभागिता रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष...