अंग्रेजी नयाँ बर्षमा, हरेक बर्ष जस्तै पोखरामा पोखरा सडक महोत्सव

अंग्रेजी नयाँ बर्षमा, हरेक बर्ष जस्तै पोखरामा पोखरा सडक महोत्सव

Pokhara Street Festival

अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा हरेक बर्ष जस्तै यस बर्षपनि नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो । रेवान पोखराले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएका छन ।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पाँच दिन चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायतका कार्यक्रम हुनेछन्”,

महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सव पोखराको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्मको करिब तीन किमी क्षेत्रमा हुने जानकारी दिए । महोत्सवमा पोखरा पर्यटनको विकास प्रवद्र्धन, अवसर र चुनौतीको विषयमा केन्द्रित टक शो कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

सडक महोत्सवमा जाने पर्यटकलाई बसोबासको लागि पोखराका एक हजार दुई सयभन्दा बढी होटलमा ४० हजार श्यया उपलब्ध रहेको रेवान पोखराले जनाएको छ । चारदेखि पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवको अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा ७० लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ ।

महोत्सवमा नेपालका वरिष्ठ कलाकार पशुपति शर्मा, प्रीति आले, बद्री पङ्गेनीलगायतका कलाकारले प्रस्तुति रहनेछ । यस्तै, महोत्सवले पर्यटकीय नगरी पोखराको अर्थतन्त्रलाई चलायमान बनाउने बताइएको छ । नेपाल पर्यटन वोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले यस्ता सडक महोत्सवलाई सहयोग गर्दै आएको बताए । उनले पोखराको सडक महोत्सवले देशव्यापी सन्देश दिने स्पष्ट पारे ।

रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले मुलुकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने उनले उल्लेख गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
25 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 Jan 2025 19:30 UTC
Latest change: 24 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.94down
Indian Rupee 
Indian Rupee
86.17down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.95down
British Pound 
British Pound
0.81down
Australian Dollar 
Australian Dollar
1.58down
Japanese Yen 
Japanese Yen
155.95down
US Dollar 
US Dollar
1
25 Jan · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 Jan 2025 19:30 UTC
Latest change: 24 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀