जाउँ है पोखरा अभियान पश्चिम नेपालमा सम्पन्न

जाउँ है पोखरा अभियान पश्चिम नेपालमा सम्पन्न

jau hai pokhara

आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो । कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरुको उत्साहप्रद रुपमा सहभागिता रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा संचालित अभियानमा ती दुई संस्था बाहेक नाट्टा, टान र संचार क्षेत्रको समेत प्रतिनिधित्व रहेको थियो । अभियानको क्रममा आयोजित कार्यक्रममा संघका अध्यक्ष सुवेदीले पश्चिम नेपालका वासिन्दालाई संघका तर्फबाट पोखरा भ्रमणको निमन्त्रणा प्रदान गरेका थिए । पोखराका पर्यटक पश्चिम पठाउने र पश्चिमबाट पर्यटक पोखरा भित्र्याउने उद्धेश्यलाई पूरा गर्न सिधा हवाई तथा स्तरीय वस सेवा जरुरत पर्ने विषयमा दुवै तर्फका व्यवसायीहरु एकमत भएका थिए ।

भैरहवामा आयोजित कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्न दुबै शहरका व्यवसायी मिलेर सरकारलाई संयुक्त दबाब दिन एकमत देखिएको आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । यसैगरी नेपालगंजमा आयोजित कार्यक्रममा सिमा नाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यवहोर्नुपर्ने वातावरणको अन्त्य हुनुपर्ने विषयमा चर्चा भएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

धनगढीमा आयोजित कार्यक्रममा भने पोखरा र धनगढीविच विगतमा भएको सिधा हवाई सम्पर्क पुनःस्थापित गरिनुपर्ने विषयमा चर्चा भएको थियो । महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न पोखरा र महेन्द्रनगरविच मिलेर पर्यटकीय प्याकेज विकास गर्नुपर्ने विषयमा चर्चा भएको संघका सचिव पार्वती पाण्डेले सुनाइन् ।

अभियानको क्रममा संघले पोखरा र वरपरको भ्रमणका लागि विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको थियो । सो क्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको, यहाँको पर्यटनमा कूल १५ हजारले रोजगारी पाएको र होटल क्षेत्रमा पाँच अर्व रुपैयाँ भन्दा बढीको लगानी रहेको जानकारी दिए । दुई दशक अघि सुरु भएको जाउँ है पोखरा अभियानकै कारण नेपालीमा घुम्ने बानीको विकास भएको र अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपालीको हुने गरेको तथ्यांक संघका अध्यक्ष सुवेदीले सुनाए ।

कोभिड १९ र बैंकको चर्को ब्याजका कारण २५ प्रतिशत व्यवसायी यो क्षेत्रबाट पलायन भएको सुनाउँदै उनले विस्तारै अब पर्यटन लयमा फर्काउन आफूहरुले देशविदेशमा प्रबद्र्धनका कार्यक्रम जारी राखेको जानकारी दिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालका वरिष्ठ अधिकृत कुन्दन अर्यालले बोर्डले निजी क्षेत्रसँग मिलेर नै पर्यटन प्रबद्र्धनका कार्यक्रम अगाडि बढाउँदै आएको स्मरण गराए । उनले नेपाल पर्यटन बोर्डको संरचना, गतिविधि र भूमिकाका बारेमा समेत अभियानको क्रममा प्रष्ट पारेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटक झण्झटरहित रुपमा नेपाल छिर्न पाउने व्यवस्था सरकारले गर्नुपर्ने बताए । यो विषयलाई परिषद्ले सरकारसमक्ष राखिसकेको पनि उनले बताए । आबश्यकता अनुसार भारतीय पर्यटकले नेपालमा भारतीय मुद्रा ल्याउन पाउने व्यवस्थाका लागि समेत पहल गर्न उनले सरकारसँग माग गरे । पोखरा र गौतम बुद्ध विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय उडानका लागि समेत उनले सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀