Photo: AP
एजेन्सी । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन गर्न निर्देशन दिएका छन् ।
म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताएका हुन् । हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको उनको कथन छ ।
रिपब्लीकनहरुले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए । बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने बताए ।
बाइडेन २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडिरहेका छन् । ८० वर्षीय राष्ट्रपतिमाथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले सभामुखबाट हटाउने पार्टीका नेताहरुले धम्की दिएका छन् । ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग राजनीतिक बदलाको रुपमा आएको बताएका छन् ।
भर्खरै
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं