पोखरामा सडक फराकिलो पार्ने अभियानमा पालिखेचोकका स्थानीयको अवरोध

पोखरामा सडक फराकिलो पार्ने अभियानमा पालिखेचोकका स्थानीयको अवरोध

Palikhechowk

पोखरा, ८ कार्तिक / बाटाचौबाटा चौडा पार्ने अभियानमा लागेको पोखरा महानगरपालिकाले पालिखेचोकको सार्वजनिक चौताराको रुख काट्न अवरोध झेलेको छ । मंगलबार वन कार्यालय कास्की र महानगरको संयोजनमा रुखका हाँगाबिगा काट्नगएको टोलीले स्थानीयको अवरोध झेलेको हो । समाधान दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ । 

पहिले निजी घर जग्गाको मुआब्जा दिनुपर्ने र एकैपटक सबै भत्काउन दिने भन्दै स्थानीयले रुख काट्न अवरोध गरेका हुन् । महानगरका वडा नम्बर ४का अध्यक्ष शंकर बास्तोला, ३का अध्यक्ष रवीन्द्रबहादुर प्रजु र ९का अध्यक्ष रामराज लामिछानेसहितको टोली चौतारीको रुख ढाल्न गएकोमा त्यत्तिकै फर्कनुपरेको हो । ट्राफिक प्रहरी यातायातका साधनव्यवस्थापन गर्न खटिइसकेको अवस्थामा रुख काट्न काम रोकिएको हो । ‘हामी रुखका हाँगा काट्न गएका हौं, स्थानीयको अवरोध भयो अनि त्यसै फर्कियौं,’वडा नम्बर ४का वडाध्यक्ष बास्तोलाले भने ।

पालिखे चोकको सडक ४० वर्षदेखि प्रयास गर्दा पनि चौडाहुन सकेको छैन ।त्यहाँ निजीर सार्वजनिक जमिनमा गरी ६ घर छन् । सार्वजनिक जमिनमै चौतारी पनि छ ।

सडकफराकिला बनाउन र मापदण्ड कायम राख्न महानगरका मेयर मानबहादुर जिसीले वडाध्यक्ष शंकर बास्तोलालाई संयोजक तोकेर जिम्मेवारी यसअघि नै दिएका थिए ।बास्तोलाकै नेतृत्वमा अहिलेसम्म दर्जनभन्दा धेरैपटक सरोकारवालासँग छलफल भएपनि पालिखेचोक चौडा पार्ने विषयमा निकास निस्कन सकेको छैन ।

मंगलबाररुख काट्नैअवरोध भएपछि मेयर जिसीले पुन चासो लिँदै वडा नम्बर ३ र ९का वडाध्यक्ष सदस्य रहनेगरी बास्तोलालाई नै संयोजक तोकेर १५ दिनभित्र निकास निकाल्न निर्देशन दिए । ‘मेयर साबले १५ दिनको समय दिनुभएको छ,’ स्रोतले समाधानसँग भन्यो, ‘निकास ननिस्के स्थानीय तह सञ्चालन ऐन २०७४ बमोजिम महानगरले आफ्नो प्रक्रिया थाल्छ र सडक चौडा गर्छ ।’

पोखरा लेखनाथका वडा नम्बर ३ र ९ मासडकबीच पर्ने मिश्री उदास, दूधमान उदास र बसन्त उदासको नाममा रहेको ढुंगामाटोको घर, प्रदीपशंकर पालिखेको नाममा रहेको २ तले घर, किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको नाममा रहेको निजी जमिनमा बनेका कच्ची घर र सार्वजनिक जग्गामा बनाइएको एउटा अर्को घरसहित ६ घर त्यहाँ छन् ।तिनै घरको बीच चौतारामा रहेको रुख ढाल्ने प्रयास हुँदा मंगलबार अवरोध भएको हो । त्यहाँका घर केही जीर्णसमेत छन् भने पुन निर्माणका लागि मापदण्डका कारण नक्सा पास नहुने महानगर स्रोतले जानकारी दियो ।

घर भत्काउन प्रचलित नियम अनुरुप मुआब्जा दिन महानगर तयार रहेको संयोजक बास्तोलाले जानकारी दिए । जग्गाधनीले सट्टामा उपयुक्त जग्गा दिनुपर्ने माग राखेकोमा महानगरले सट्टामा जग्गा दिन नसक्ने प्रष्ट्याएको छ । महानगरसँग जग्गा नभएको भन्दै महानगरले जग्गा दिन नसक्ने प्रष्ट्याएको हो ।

पोखरा उपत्यका नगर विकास समितिमा २ पटकसम्म अध्यक्ष भइसकेका पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले बिनातयारी र सल्लाह नै नगरी आएकाले आफूहरुले फर्काइदिएको बताए । ‘मुआब्जा देऊ, भत्काऊ हामी भनेकै छौं,’उनले भने, ‘सुकुम्बासीको जस्तो गरी निजी संरचना भत्काउने केही बौद्धिक र प्रबुद्धशाली व्यक्तिहरुले व्याख्या र टिप्पणी गरेको सुनेको छु, त्यस्तो होइन ।’

वडा नम्बर ४का वडाध्यक्ष बास्तोलाले रुखको हाँगा काट्न मात्र गएको बताएपनि पालिखेले चौतारो र सार्वजनिक जग्गामा रहेको इँट्टाले बनेको भवन भत्काउनआएको दाबी गरे । ‘सार्वजनिक जग्गामा महेन्द्रपुल स्पोर्टस् क्लबको भवन छ,त्यो भवन र चौतारो मात्र किन भत्काउने?’ उनले भने, ‘भत्काउने नै हो भने निजीलाई पनि मुआब्जा दिएर एकैपटक भत्काऊ भनेका हौं ।’

(शीर्षक परिवर्तन गरिएको छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 26 Jul 
Nepal Rastra bank
Check: 26 Jul 2024 19:35 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97up
Indian Rupee 
Indian Rupee
83.69up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52down
Japanese Yen 
Japanese Yen
154.7up
US Dollar 
US Dollar
1
Rastra · USD · 26 Jul 
Nepal Rastra bank
Check: 26 Jul 2024 19:35 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀