पोखरा–जोमसोम हवाई भाडा दोब्बर !

पोखरा–जोमसोम हवाई भाडा दोब्बर !

Tara-Air-660×330

रञ्जन अधिकारी मुस्ताङ, ११ मंसिर / मुस्ताङका पेमा छेतेनलाई अहिलेसम्म जोमसोमदेखि पोखरासम्म जहाजमा उडेको चार हजार छ सय ३० रुपैंया तिर्नु परेको थिएन । दशैं अघिदेखि भने सेड्युल फ्लाईटमा टिकट नपाउनेले पेमा जस्तै दोब्बर तिरेर पोखरा उड्नुपर्ने बाध्यता छ ।

हाल पोखरादेखि जोमसोमका लागि ताराले एउटा र सिम्रिकले दैनिक तीन वटा नियमित उडानको अनुमति लिएको छ । गोमा एयरको नियमित उडान नभएपनि कहिलेकाँही उडान भर्दै आएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सको जोमसोममा कार्यालय मात्र छ, विमान छैन ।

जहाजको नियमित उडानमा तोकिएको मूल्यमै टिकट बिक्री गर्नुपर्ने हुन्छ । दैनिक चार उडान अपुग हुने हुँदा तारा र सिम्रिकले नियमित उडानका अतिरिक्त चार्टर उडान पनि गर्दै आएका छन् । जोखिमपूर्ण हिमालपारीको जिल्लामा उडान सुरक्षाका कारण मध्यान्ह १२ बजेभित्र सबै उडान सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ ।

पहिलो उडान बाहेक अतिरिक्त उडानको  एउटै यात्रुले दोब्बर भाडा तिर्नुपर्ने अवस्था रहेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विमान कम्पनीको सहमतिमा जोमसोम–पोखराको भाडादर २२ सय ९० कायम गरिएको भएता पनि यहाँ संचालित एयरलाइन्सले तोकिएको भाडादरको दोब्बर भाडा पु¥याएका हुन् । पोखरा र जोमसोम रुटको उडानमा चार भाडादर कायम गरिएको छ। हवाई सेवा व्यवस्थापन समितिका अनुसार सेड्युल फ्लाईटमा नेपालीको लागि २२ सय ९०, लोकल प्यासेन्जर चार्टर (एलपिसी) ४६ सय ३० रुपैयाँ, भारतीयका लागि ६९ सय ५० रुपैयाँ र तेस्रो मुलुकका नागरिकले १ सय १० डलर तिर्दै आएका छन् ।

एयरलाईन्सले निकटका चिनजानलाई सहुलियत दरको टिकट बाँड्ने गरेको कारण नियमित उडानको टिकट पनि सुलभ ढंगले नपाएको आरोप स्थानीयको छ । ‘नियमित उडनामा टिकट नपाउने, त्यस बाहेकको उडानमा एलपिसी अनुसार दोब्बर भाडादर तिर्नुपर्दा मर्कामा परेका छौं । अहिलेसम्म यसरी दोब्बर तिर्नुपरेको थाहा थिएन ।’– एक स्थानीयले नाम नबताउने शर्तमा भने । जोमसोमका व्यवसायी, स्थानीय, पत्रकार कोहि पनि खुलेर मनोमानी तबरले वृद्धि भएको भाडादरको विषयमा कुरा गर्न सक्दैनन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारी रहँदासम्म भाडा वृद्धि नभएको र भीमराज पोखरेल आउने बित्तिकै भाडा वृद्धि भएको स्थानीयको बुझाई छ । जिल्ला प्रशासनले कार्यालयका लागि दुई सिट राखेर अन्य सिटको भाडा बढाउन अनुमति दिएको उनीहरु बताउँछन् । तर प्रजिअ पोखरेलले भने यो आरोपलाई ठाडै अस्विकार गर्छन् ।

‘म आएपछि भाडा बढेको होईन । एयरलाईन्सको भाडामा बदमासी छ । भिआईपी हरुको लागि ८० सिटमा २ सिट भनिएको हो । यसलाई गलत तबरले स्थानीयमाझ फैलिएको छ । अहिले सिडिओ, डिएसपी, कर्णेल साबलाई भनेर हौवा फैलाईएछ । मलाई बदनाम गरिएको हो ’ – पोखरेलले भने– ‘स्थानीयबाट अहिलेसम्म मलाई ज्ञापन पत्र समेत आएको छैन । उनीहरु वृद्धि गरिएको भाडादरमा असन्तुष्ट भए नभएको मैले कसरी थाहा पाउने ? मलाई ज्ञापनपत्र समेत बुझाएपनि सहज हुने थियो ।’

उनले नेपाल एयरलाईन्सको उडान नभएपछि भिआईपी तथा कर्मचारीलाई विभिन्न गोष्ठी सेमिनारमा पोखरा तथा काठमाण्डौ तत्काल जानु पर्दा निजहरुको आवगमन व्यवस्थापन गर्न एयरलाइन्सलाई प्रशासनबाट समन्वय गरी दैनिक २÷२ वटा सहुलियत सिट दिन अनुरोध गरेको बताए । तर, यही कारण बनाएर विमान कम्पनीले भाडा वृद्धिका लागि जिल्ला प्रशासन संग कुनै समन्वय नभएको बताए ।

भाडादर वृद्धि र मनपरी भाडा लिएको बारे दुई पटकसम्म पत्र पठाएर जवाफ मागे पनि विमान कम्पनीले वास्ता नगरेको भन्दै उनले दोस्रो पटक पत्र बुझाउन पनि प्रहरी नै लगाउनुपरेको सुनाए । ‘आन्तरिक व्यवस्था कस्तो छ ? पर्यटन मन्त्रालयसँग कस्तो सम्झौता हो ? सहुलियत टिकट सर्वसाधारणले पाउने कसरी ? विदेशीमात्रलाई टिकट दिए सर्वसाधारण कसरी चढ्ने ? लगायतका विभिन्न विषयमा लेखेर नै पठाएको छु । जवाफ आएन । सरासर अपारदर्शी छ ।’ उनले भने– ‘टिकट समेत दिँदैन । बोर्डर पास मात्र दिन्छ । उड्ने १० १५ मिनेटअघि मात्र टिकट खुल्छ । अब पनि भएन भने राष्ट्रिय अनुसन्धान, पर्यटन मन्त्रालयसम्म म पुग्छु ।’

जोमसोम–पोखराको नियमित उडानको टिकट सहज रुपमा पाउँदैनौं । दशैं अघिदेखि दोब्बर भाडा  तिर्नुप¥यो । ः स्थानीयबासी

सहुलियत दुई सिट मागलाई निहुँ बनाएर मेरो बदनाम गरियो । भाडामा सरासर बदमासी छ । ः प्रजिअ

यात्रु चाप एकतर्फी हुने भएकाले अपरेटिङ कस्ट नउठ्ने गरी उडाउन सक्दैनौं ः एयरलाईन्स

तारा एयर जोमसोमका स्टेशन म्यानेजर सुचन लालचन भने मौसम अनुसार यात्रुको चाप पनि एकतर्फी हुने भएकाले सोहि अनुसार भाडादर कायम गरेको बताउँछन् । ‘जाडो लाग्यो । यो मौसममा पोखरादेखि जोमसोम खाली हुन्छ । त्यसैले पोखराबाट जुनै उडानमा पनि सहुलियत भाडादर नै हुन्छ ।’ उनले भने– ‘फागुन चैतपछि मुस्ताङबाट पोखरा जाने कम हुन्छ । यहाँको भाडादर पनि निर्धारण गरिएबमोजिम नै हुन्छ ।’

उनले थपे– घाटा सहेर उडान भर्ने कुरा भएन । फागुन चैतमा पोखरादेखि जोमसोम जाने बढि हुन्छन् । फर्कने कम हुन्छन् । त्यसैले २२९० मै जोमसोमबाट सस्तो भाडादर उपलब्ध गराउँछौं ।’ नागरिक उड्डयन प्राधिकरण, जोमजोम कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारी भने भाडादरको विषय प्राधिकरणसँग सम्बनिधत नरहेको बताउँछन् ।

यस विषयमा हवाईसेवा व्यवस्थापन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काको संयोजकत्वमा घरेलु तथा साना उद्योग विकास अधिकृत चेतनाथ गौतम र प्रहरी निरिक्षक राजकुमार चौधरी सदस्य रहेको समितिले अनुगमन गरी नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन पठाएको छ । उडानहरुको स्थिति सार्वजनिकीकरण हुनुपर्ने र सहुलियत दरको टिकट कसरी प्राप्त गर्ने हो मापदण्ड स्पष्ट हनुपर्ने भन्दै स्थानिय वासीहरुलाई सहुलियत दरमा टिकट प्राप्त हुनुपर्ने व्यवस्थाका लागि मन्त्रालयबाट पहल गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

दुई दशक अघि तत्कालिन समयमा संचालित एयरलाइन्सहरुले मनोमानी तवरले भाडा वृद्धि गर्दा यहाँका स्थानियले तत्कालिन विमान कम्पनी विरुद्ध विमानस्थल घेराउ ÷लामो आन्दोलन पश्चात विमान कम्पनीहरुले भाडा समायोजन गर्न बाध्य भएको र अब पनि आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ ।

पोखरा र जोमसोम रुटमा जनवरीदेखि अक्टोबर महिनासम्म १७ हजार दुई सय ४२ जनाले जहाज चढेका छन् । तेस्रो मुलुकका पर्यटक मात्रै पाँच हजार नौ सय ६८ छन् । जबकी यो दश महिनामा ३२ हजार पर्यटक मुस्ताङ पुगेका छन् । अन्यले सडकमार्ग तथा पैदलमार्ग प्रयोग गरे । नियमित उडानमा सिट नपाईने, बाँकी उडानमा प्रतिव्यक्ति झण्डै सात हजार तिर्नुपर्ने भएपछि भारतीय पर्यटकहरु गाडी रिजर्भ नै गरी सडकमार्ग प्रयोग गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
25 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 Jan 2025 19:30 UTC
Latest change: 24 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.94down
Indian Rupee 
Indian Rupee
86.17down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.95down
British Pound 
British Pound
0.81down
Australian Dollar 
Australian Dollar
1.58down
Japanese Yen 
Japanese Yen
155.95down
US Dollar 
US Dollar
1
25 Jan · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 Jan 2025 19:30 UTC
Latest change: 24 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀