Ranjan Adhikari News

अनलाईन’ हुँदा पनि ‘लाईन’
सन्दर्भः ईपिएस कोरिया – रञ्जन अधिकारी पोखरा, १० चैत /आँखाले देख्नै मुस्किल पर्ने गरी एकातिर युवाको भिड छ । थकित मुद्रामा कोहि लहरै उभिएका छन्, कोहि भुईंमा थचक्कै बसिदिएका छन् । अर्कोतर्फ युवतीका समूह एकअर्कोलाई ज्यानको आड लगाएर पंक्तिबद्ध छन् । युवाको दाँजोमा युवती निकै कम देखिन्छन् । बुधबार मध्यान्ह पोखरा–लेखनाथ महानगरपालिका कार्यालय अगाडि रहेको...
लाइसेन्स लिन लाइन
रञ्जन अधिकारी पोखरा, १५ भदौ / पोखरामा लामो समयपछि मोटरसाईकलका लागि लाइसेन्स आवेदन खुल्यो । अहिले आवेदन प्रक्रियाका लागि टोकन मात्र बाँडिएको हो । दर्ता त सुरु भएकै छैन । मोटरसाईकलको लाईसेन्स लिनका लागि मात्रै पहिलो चरणमै १३ हजार चार सयले टोकन लिएका छन् । स्कुटर लाइसेन्सका लागि आवेदन सुरु भएकै छैन । यातायात व्यवस्था...
दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’ (फोटो फिचर)
रञ्जन अधिकारी पोखरा, ३० साउन / सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व र अन्तिम साउने सोमबार । पोखराको लेकसाईड स्थित पवित्र धार्मिकस्थल केदारेश्वर महादेव मन्दिरमा सबेरैदेखि भक्तजन उर्लिए । मन्दिरमा पूजा गर्नेहरु छिर्ने गेट छेवैमा लामा लामा दारी पालेकाहरुले अर्को मन्दिर खडा गरे । जहाँ अबिर, फलफूल, नैवेद्य लैजानुपर्दैन थियो । स्वस्थ शरिरका साथ आफू मात्र पुगे...
मन्टेश्वरीमा ‘समाचार’ का कारण शिक्षिका निकाला
रञ्जन अधिकारी पोखरा, ३ असोज / विद्यालयबारे गलत समाचार सम्प्रेषण भएको विवादमा शिक्षिकाको जागिर चट् भएको छ । एक दैनिक पत्रिकामा समाचार प्रकाशन भएको सन्दर्भमा शिक्षिकाले आपत्ति जनाएपछि विद्यालय सञ्चालक रुष्ट बनेका हुन् । बाल दिवस अवसरमा भदौ २९ मा आयोजित कार्यक्रम बढाईं चढाईं मिडियासामु पु¥याएको भन्दै शिक्षिकाहरुबीच खिसिट्याउरी भएको थियो । शिक्षिकाहरु नै विद्यालयको हित...
सुकुम्बासीको नाममा हुकुमबासीको हालीमुहाली !
रञ्जन अधिकारी/प्रकाश ढकाल पोखरा, ३० असोज / पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५ मजुवाबस्तीस्थित खरबारीमा बनेका घर भत्काईएपछि अहिले त्यहाँका बासिन्दा आन्दोलित छन् । पोखरा लेखनाथ महानगरपालिकाले सो बस्तीमा डोजर लगाएर ३८ वटा घरटहराहरु भत्काएको थियो । २०३३ सालमा कास्की जिल्लाको तत्कालिन भगवतीटार गाउँपञ्चायतमा आएको बाढी पहिरोका कारण विस्थापित भएका पीडितलाई उचित व्यवस्थापन गर्ने भन्दै तत्कालीन...
नाली बन्यो काल
रञ्जन अधिकारी पोखरा, ५ कार्तिक / पोखरामा गत वर्ष १५ दिनमा ४ जनाले सडक नालामै ज्यान गुमाएका थिए । भदौ १५ गते बेलुकी दाङ घर भई पोखरा ४ बस्दै आएकी ४५ वर्षीया मीना भण्डारी सिद्धार्थचोककै नालामा खस्दा ज्यान गुमाईन् । भदौ २२ गते मालपोत कार्यालय नजिक फिर्के खोलामा भएको पुलबाट मोटरसाईकल चलाउने क्रममा कास्की कालिका...