प्रदेश खबर

पर्वतमा पहिरोले पुरिएर वृद्ध दम्पतिको मृत्यु, बुहारी घाइते
पोखरा । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीस्थित लाङ्दीमा आइतबार बिहान पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतिको मृत्यु भएको छ । निरन्तर परेको वर्षाका कारण आइतबार बिहान करिब साढे चार बजे घरमाथिबाट खसेको पहिरोले ७८ वर्षका छविलाल विश्वकर्मा र उनकी पत्नी ७५ वर्षीया विष्णुमती बिकको ज्यान लिएको हो । पहिरोले घर पुरिएपछि उनीहरु...
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा यही साउन ६ गते चीनको तिब्बततर्फ प्रस्थान गर्दैछन् । उनको यो भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक अवसर बनाउनुपर्नेमा पर्यटन व्यवसायीहरूले जोड दिएका छन् । उनीहरूले मुख्यमन्त्रीको भ्रमणका क्रममा मुस्ताङको कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्ण सञ्चालनमा...
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार पूर्वान्ह ११:१० बजे राजीनामा बुझाएका हुन् । तत्कालीन सत्ताघटक माओवादी केन्द्रले गत फागुन २३ गते समर्थन फिर्ता लिएपछि पाण्डे सरकार अल्पमतमा परेको थियो । उनले चैत २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेमा विश्वासको मत नलिई राजीनामा बुझाएका...
छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
गलेश्वर (म्याग्दी)- झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरूको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियो, पहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका-३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट...
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ । दसैँं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल...
इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले दुई लाख दिने
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्‌ । मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेत व्यक्त गरेका छन्‌ । घटनाप्रति दुःख...
संविधान दिवसमा गण्डकी प्रदेशमा विशेष कार्यक्रम
पोखरा, असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई प्रयोग गरेर संविधानमाथि प्रहार गर्नेबिरुद्ध मिलेर लड्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारले संविधान दिवस–२०८० को अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई देखाएर जनताको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन् ।...
कोसी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत
विश्वासको मतविरुद्धको रिटमा सर्वोच्चले पेसी तोक्यो
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त नगरेको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर भएको छ। संबिधान अनुसार थापाले असंवैधानिक तरिकाले लिएको विश्वासको मत लिएको भन्दै त्यसविरुद्ध नेकपा एमालेले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले परमादेशको माग गर्दै रिट दर्ता गराएका थिए । रिटमा भनिएको छ, ‘२०८० साउन ११...
चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण
काठमाडौँ, १६ भदौ (रासस) ःहरेक नेपालीको घरमा बिजुली पु¥याउने सरकारको योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । सरकारको योजनाअनुसार नै काम भएको खण्डमा आगामी दुई वर्षभित्र बाँकी रहेका सबै नेपालीको घरमासमेत स्वच्छ ऊर्जाको पहुँच पुग्नेछ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म कूल चार सय ७६ स्थानीय तहमा पूर्णरूपमा विद्युतीकरण भएका छन् ।...
साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट
चितवन, २१ असार (रासस) जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ । कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि...
चितवनमा नयाँ चरा भेटियो
चितवन, २५ जेठ (रासस) :चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह...
गङ्गा दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड मेला सुरू
रसुवा, १७ जेठ (रासस) ःगङ्गा–दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन् । पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने विश्वास रही आएको छ । आजदेखि सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान...