पोखरा सेरोफेरो

दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने
पोखरा, २० पुस । दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने भएको छ । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले पोखरामा पत्रकार गरी कन्टेस्टको बारेमा जानकारी दिएको हो। कन्टेस्टका लागि आवेदन फाराम खुल्लागर्दैै देशव्यापी आवेदन आह्वान गरेको छ । नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित हस्पिटालिटी सेक्टरका व्यक्तिहरुले कन्टेस्टमा सहभागिता जनाउने छन्। अतिथि सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट बढि सम्बन्धित...
चोरीको घटनाले हत्याको रुप लियो, घनले हानेर साथी कै हत्या
पोखरा, २० पुस। कास्कीको सराङ्कोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पामा यसै साता दुई मजदूरको हत्या र एक घाइते भएको घटनाको रहस्य खुलेको छ । मोवाइल चोरको सामान्य दोषमा प्रतिशोध साध्न धनकुटाका ‘सागर’ भनिने पूर्णबहादुर लिम्बुले सँगै सुतेका सहकर्मीलाई फलामको घनले हानेर हत्या नै गरेको रहस्य खुलेको हो । निज २३ वर्षे लिम्बुलाई कास्की प्रहरीले प्रदेश...
कोही आयो, रोयो, आँशु झार्यो भने पग्लिहाल्छु – भट्टराई
पोखरा,२० पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आफ्नो मन निकै कमलो रहेको बताएका छन्। उनले आफ्नो कमजोरी निरंकुश भएको भन्नेहरुलाई जवाफ दिदै आफ्नो मन कमलोहुदाँ पग्लिहाल्ने बताए। मलाई मानिसहरुलाई किन चिढ्याउने भन्ने लाग्छ, कोही आयो, रोयो, आँसु झार्यो भने मन पग्लिहाल्छ, उनले भने – ‘झनै महिलाहरुले आँशु झार्नु भयो भने गाहे भईहाल्छ...
लोक दोहोरी पारखीका लागि घिमिरेको ‘म तिम्रो काले’
पोखरा, २० पुस । लोक गायक पदमराज घिमिरेको ‘म तिम्रो काले’ बोलको लोक दोहोरी गित डिजिटल स्टार पोखराले बजारमा ल्याएको छ। पोखरामा २०६० सालदेखि पत्रकारितामा सक्रिय पोखरा लेखनाथ २६ अर्घौचोक निवासी उदासीको यो पहिलो गित भएता पनि सानै उमेर देखि गीत संगीतमा रुचि राख्थे। पत्रकारिता साथसाथै दोहोरी साँझहरुमा समेत उनले आफ्नो प्रस्तुति दिई सकेका छन्...
कठैबरा यी बालबालिका, यो देख्दा नरुने को होला ?
पोखरा,२० पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ सृजनाचोक नजिकै खिचिएको हो यो तस्विर। ४८ वर्षिय जीवन गिरीलाई सकि नसकि उनका ६ वर्षिय छोरा समर र ९ वर्षिया छोरी सितलले गन्तव्यतर्फ पु¥याउँदैछन्। समरले ह्वील चेयर तानेका छन् भने सितलले पछाडीबाट धकेलिरहेकी छन्। परिवार पाल्नको लागि सडकमा बसेर माग्नु जीवनको दैनिकी हो। अपाङ्गता भएका जीवनलाई यसरी...
पाहार ट्रष्टको पुस्तकालय समन्वयात्मक कार्यक्रम
पोखरा, १८ पुस । पाहार ट्रष्ट नेपालले पोखरामा शुक्रबार पुस्तकालय समन्वयात्मक कार्यक्रम गरेको छ। कार्यक्रममा पाहार ट्रष्टको सहयोगमा कास्की र स्याङजाका २० विद्यालयमा संचालित पुस्तकालयसँग सम्वन्धीत ६० शिक्षक÷शिक्षिकाको सहभागिता थियो। संस्थाले प्रदेश नं ४ का पाँच जिल्ला कास्की, लमजुङ, तनहुँ, बाग्लुङ र स्याङजाका ३६ विद्यालयमा पुस्तकालय संचालन गरेको पुस्तकालय विकास अधिकृत बालकाशी गुरुङले जानकारी दिईन्।...
खाना पकाउने ग्याँसबाट घरमा आगलागी
पोखरा, १८ पुस। खाना पकाउने ग्याँसका कारण दैनिक जसो हाम्रो समाजमा अप्रिय घटना भैरहेका छन्। फेरि त्यस्तै घटना कास्कीमा पनि दोहोरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ आनन्द बजार रिभान स्थित पार्वती गुरुङको घरमा खाना पकाउने ग्याँसका कारण आगलागी भएको छ। आगलागीका कारण करिब ३० लाखको क्षती भएको बताइएको छ। खाना पकाउने क्रममा ग्याँस...
रहस्यमय घटना, सुतेका चारमध्य दुई मृत अवस्थामा, एक घाइते, एक बेपत्ता, कसरी भयो त्यस्तो घटना ?
पोखरा, १७ पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ सराङकोटमा निर्माणधीन एक होटलमा भएको रहस्यमय घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको छ। प्रहरीले घटनाको अनुसन्धानको लागि ११ जनालाई पक्राउ गरेको छ भने वेपत्ता मजदुरको खोजी गरेको छ। माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका दुई मजदुर मृत अवस्थामा भेटिएका छन्। अर्का एक घाइते छन् भने एक बेपत्ता।...
पोखरामा ल्होछार, झाँकी सहितको ¥याली प्रदर्शन
पोखरा, १७ पुस। पोखरामा तमुहरुको सामुहिक रुपमा ल्होछार मनाएका छन्। पुस १५ गते आ÷आफ्नै समाजमा मनाए पनि पुस १६ गते सामुहिक रुपमा मनाएका हुन्। विगत पाँच वर्षदेखि पोखरामा सामुहिक रुपमा मनाउँदै आइएको हो। पोखराको चिप्लेढुंगाबाट शुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा पुगेको थियो। ल्होछारमा आयोजित झाँकी प्रतियोगितामा प्रथम हुने दुधपोखरी तमु...
ब्राह्मण समूहद्वारा ताल सरसफाई
पोखरा, १६ पुस। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा बेगनासताल सरसफाई गरेको छ। ताल वरपरको फोहोरले तालमा प्रदुषण बढाएको र सुन्दरतामा समेत असर परेकोभन्दै समूहले सरसफाई गरेको हो। समूहका पोखरा प्रतिनिधि शिव भण्डारीको नेतृत्वमा सरसफाई गरिएकोे थियो। समूहमा आवद्व पोखराका १५ जना सदस्यले ताल सरसफाई गरेका थिए। सरसफाईका क्रममा करिब ६ बोरा फोहोर संकलन...
महामन्त्री कोइराला पोखरामा
पोखरा, १६ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला पोखरामा रहेका छन्। ल्होछारको अवसरमा हिजो शनिवार स्याङजामा आयोजित कार्यक्रममा सहभागि भई उनी पोखरा फर्केका हुन्। महामन्त्री कोइरालाले आज राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनपछि उनी आज दिउँसो राजधानी फर्कने छन्। कार्यक्रममा सहभागिताका लागि कास्की काँग्रेसले...
८५ वर्षमा विवाह
पोखरा, १५ पुस। अन्नपूर्ण गाउँपालिका– ३, काँडे, जगताका ८५ वर्षे बृद्घ मनबहादुर गुरुङले विवाह गरेका छन । उनले आफ्नो स्वास्थ्य र सुरक्षाका लागि भन्दै विवाह गरेको बताए। गुरुङले सोही गाउँपालिकाकै वडा नं. ११ घान्द्रुक, तल्लोगाउँ निवासी ६५ वर्षे मनकुमारी गुरुङसँग विवाह गरेका हुन । यस अघिकी श्रीमतीको केही वर्ष अगाडि मृत्यु भएपछि स्वास्थ्य र सुरक्षाका...