चोरीको घटनाले हत्याको रुप लियो, घनले हानेर साथी कै हत्या

चोरीको घटनाले हत्याको रुप लियो, घनले हानेर साथी कै हत्या

1

पोखरा, २० पुस। कास्कीको सराङ्कोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पामा यसै साता दुई मजदूरको हत्या र एक घाइते भएको घटनाको रहस्य खुलेको छ ।

मोवाइल चोरको सामान्य दोषमा प्रतिशोध साध्न धनकुटाका ‘सागर’ भनिने पूर्णबहादुर लिम्बुले सँगै सुतेका सहकर्मीलाई फलामको घनले हानेर हत्या नै गरेको रहस्य खुलेको हो ।

निज २३ वर्षे लिम्बुलाई कास्की प्रहरीले प्रदेश १ को प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाको टोलीको सहयोगमा मंगलबार निजकै घर धनकुटाको छतरजोरपाटी गाउँपालिकाबाट पक्राउ गरी शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत हप्ता रिसोर्टमा कार्यरत भोजपुर षडानन्द नगरपालिकाका वर्ष १९ को निमा शेर्पा र वर्ष ३७ का आङ्लाक्पा शेर्पा कोठामा मृत र अर्का वर्ष २७ का आङ्दावा शेर्पा घाइते अवस्थामा भेटिएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका आङदावाको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अझै होस नखुलेको पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

घटना विवरणअनुसार रिसोर्टमा कार्यरत मजदूरमध्ये उनीहरु चार जना खाना खाएर सुतेकोमा पटक पटक ‘मोवाइल चोर’ भनेपछि निज लिम्बुले आफ्ना सहकर्मीमाथि फलामको ढुंगा फुटाउने घनले टाउकोमा प्रहार गरेका हुन् ।

प्रहरीसमक्ष निज लिम्बुले आफूलाई चोर एवं अन्य गालीगलौज गर्दैआएको र रिस थेग्न नसकी प्रतिशोधको भावनाले घटना घटाएको स्वीकारेको कुरा प्रहरी उपरीक्षक सिंहले जनाए ।

सहकर्मीको हत्या गरिसकेपछि लिम्बुले मृतक र घाइतेले प्रयोग गर्ने गरेको मोवाइल नै लिई घटनाको राति नै पूर्व जाने बस चढी गएकोमा प्रहरीको सिडीआरमार्फत अनुसन्धानमा उनले हेटौडामा पुगी नयाँ सिम प्रयोग गरेका र बारम्बार एउटै नम्बरमा फोन गरेको देखिएकोमा उक्त नम्बर निज लिम्बुकै श्रीमतीको भएको खुलेको थियो ।
तत्पश्चात् जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी सहितको ४ जनाको टोलीले प्रदेश १ को प्रदेश प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालय धनकुटाको समन्वयमा लिम्बुको श्रीमतीमार्फत मंगलबार पक्राउ गरी पोखरा ल्याइएको पत्रकार सम्मेलनमा जनाइयो ।

प्रहरीका अनुसार लिम्बुले घटनाको ५ दिनअघिमात्र आङ्लाप्पा शेर्पा र आङ्दावा शेर्पाको मोवाइल चोरी गरेका थिए । उनले मोवाइल चोरेको अरु साथीहरुले समेत थाहा पाएपछि सबै साथीको सामुन्ने चोरी गरेका दुवै मोवाइल फिर्ता गरेका थिए। लिम्बुलाई जिल्ला अदालतबाट कत्र्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

स्रोतः आदर्श समाज दैनिक, पोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀