पोखरा सेरोफेरो

युवा टोल सुधार समिति कुँडहरको अध्यक्षमा श्रेष्ठ
पोखरा, १३ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरको शनिवार सम्पन्न चौथो साधारणसभा तथा प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि विकास श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सावित्रि कोइराला, सचिवमा सुरज भण्डारी, सहसचिवमा विवेक श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष नेपाली छन्। सदस्यमा पूर्णकला घर्ति, राजेश विक,...
जब सोलार लाइट पड्कियो………………
पोखरा, १३ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ भद्रकाली मार्ग ढिकालेथरमा सोलार लाइट आगलागी भई पड्केको छ। सो घटनाका कारण झण्डै एक घण्टा त्यसक्षेत्रको जनजीवन आतंकित भएको छ। घटनापछि एकघण्टा सवारी साधन संचालन हुन सकेनन्। गतवर्ष कात्तिकमा जडान गरिएका ३१ सोलारमध्यको एउटामा आगलागी भई पड्केको समाजसेवी कुश्मराज आचार्यले बताए। एक घण्टापछि आगो आफै निभेको...
ब्राह्मण समूहद्वारा विपन्न विद्यार्थीलाई सहयोग
पोखरा, १२ माघ। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरिरहेको छ। यसैक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरामा बिहीबार विपन्न विद्यार्थीहरुलाई स्वीटर, शैक्षिक सामाग्री र खाजा प्रदान गरेको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं २८ सुर्केमैदानस्थित सिद्व आधारभूत विद्यालयका १७ जना विद्यार्थीलाई स्वीटर, शैक्षिक समाग्री र खाजा प्रदान गरेको हो। विद्यालयमा आयोजित कार्यक्रमवीच समूहका...
एनसिसि कोरिया स्थापना गर्दाको क्षण पोखरामा यसरी सम्झियो
निकुञ्ज तिवारी पोखरा, ११ माघ। २५ वर्ष अगाडि नेपालीका लागि नेपाली भन्दै दक्षिण कोरियामा स्थापना गरिएको नेपाली सम्पर्क समिति (एनसिसि)  स्थापना गर्दाको क्षण पोखरामा सम्झिएको छ । नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाको सबैभन्दा पुरानो संस्था हो । स्थापनाकालीन २२ सदस्यमध्य ५ जना पोखरेली रहेका र उनीहरुको उपस्थितिमा पोखरामा एक कार्यक्रम गरी सुरुका दिनमा कोरियामा राजदुतावास...
वीपी शालिकमा माल्यार्पण र नेपाली काँग्रेस जिन्दाबाद भन्दै उम्मेदवारी दर्ता
पोखरा, १० माघ । नेपाल काँग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेको छ। यसप्रदेशबाट काँग्रेसले खुल्लातर्फ सुरेन्द्र पाण्डे, महिलातर्फ बृन्दादेवी राना मगर, अपाङ्गतातर्फ प्रकाश पन्त र दलिततर्फ जीतबहादुर नेपालीको उम्मेदवारी दर्ता गराएको हो। उम्मेदवारी दर्ता पूर्व पोखरा चिप्लेढुङस्थित नेपाली काँग्रेस कास्कीको कार्यालयमा नेता तथा कार्यकर्ता भेला भएर उम्मेदवारलाई शुभकामना दिएका...
अगुवा कृषकलाई बाख्रापालन तालिम
पोखरा, १० माघ। पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखा कास्कीले महानगरपालिका स्तरीय तीन दिने व्यवसायिक बाख्रापालन तालिम गरेको छ। बाख्रापालनमा संलग्न अगुवा कृषकहरुलाई सिप र ज्ञान दिने उदेश्यले आयोजित तालिममा ३२ जना सहभागि थिए। तालिममा पशु विकाश अधिकृत शहदेव पौडेल, ठगेन्द्रप्रसाद अर्याल, डा. राकेश प्रजापति, डा पुरुषोत्तम त्रिपाठी , मिरा ढकाल अर्याल, डा. गणेश केसी,...
पत्रकारको प्र्रश्न – ‘ज्योती मगरलाई के गर्नुहुन्छ ?’
पोखरा, ९ माघ । चर्चित लोकदोहोरी गायिका ज्योती मगरमाथि लोक संगीतमा विकृति निम्त्याएको आरोप लाग्नु नौलो होइन। जतिसुकै आलोचना गरिएपनि उनले आफ्नो रफ्तार रोकेकी छैनन्। उनलाई निषेध गर्ने रे भन्ने सुन्दा पनि अचम्म नै लाग्ला, तर कुरा साचो नै हो। लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गते सम्म गर्न लागेको प्रादेशिक औद्योगिक...
सरसफाई नगर्ने टोलले विकास योजना नपाउँने
पोखरा, ८ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ ले सरसफाईमा ध्यान नदिने टोललाई विकास निर्माणका योजना नदिने भएको छ। वडा कार्यसमितिको बैठकले वडालाई सरसफाईयुक्त बनाउनका लागि त्यस्तो निर्णय गरेको हो। टोल सरसफाई राख्न सके वडाको गरिमा समेत बढ्ने छ वडा सदस्य तीर्थकुमारी गुरुङले भनिन् – ‘सरसफाईको नमुना वडा बनाउनका लागि त्यस्तो निर्णय गरेका हौ।’...
काँग्रेस सांसदलाई सम्मान, सम्मानअघि वीपी शालिकमा माल्यार्पण
पोखरा, ८ माघ । नेपाली काँग्रेस कास्कीले आफ्ना प्रदेश सांसदलाई सम्मान गरेको छ । शपथका लागि पोखरा आएका प्रदेश नं ४ का ११ जिल्लाका १५ जना सांसदलाई पार्टी कार्यालय चिप्लेढुंगामा कार्यक्रम गरी सम्मान गरेको हो । नेपाली काँग्रेसका पूर्वसभापति शुक्रराज शर्मा, कोषाध्यक्ष लक्ष्मी पाण्डेले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा विजयी सांसदले रचनात्मक प्रतिपक्षको रुपमा...
यसरी भयो पोखरामा शपथ
पोखरा, ७ माघ। प्रदेश नं ४ अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईयो । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए । एमालेको तर्फबाट नवलपुर निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित श्रेष्ठ ६७ वर्षका छन्। सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा...
प्रदेश नं ४ मा यस्तो छ तयारी
पोखरा, ७ माघ । प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुको सपथ आज हुदैछ । हिजो मात्र पोखरा आइपुगेका  प्रदेश प्रमुख बाबुराम कुँवरले आइतवार पोखरामा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाउने छन्। ज्येष्ठ सदस्य श्रेष्ठ नवलपुर क्षेत्र नम्बर २ ख बाट प्रदेशसभाका प्रत्यक्ष निर्वा्चित सदस्य हन्। प्रदेश प्रमुख कुँवरले आफ्नो पदबहालीपछि ज्येष्ठ सदस्य श्रेष्ठलाई सपथ...
निर्माण व्यवसायीद्वारा आन्दोलनको चेतावनी, कारण यस्तो छ
पोखरा,६ माघ। नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा प्रमुख निर्माण सामाग्रीमा अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धि गरेको भन्दै गम्भिर ध्यानाकर्षण जनाएको छ । देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अविलम्ब विना शर्त फिर्ता हुनुपर्ने महासंघले पोखरामा पत्रकार सम्मेलन गरी माग गरेको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले पत्रकारमाझ पाँच बुँदे मागबारे जानकारी...