ब्राह्मण समूहद्वारा विपन्न विद्यार्थीलाई सहयोग

ब्राह्मण समूहद्वारा विपन्न विद्यार्थीलाई सहयोग

IMG_20180126_133353

पोखरा, १२ माघ। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरिरहेको छ।

यसैक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरामा बिहीबार विपन्न विद्यार्थीहरुलाई स्वीटर, शैक्षिक सामाग्री र खाजा प्रदान गरेको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २८ सुर्केमैदानस्थित सिद्व आधारभूत विद्यालयका १७ जना विद्यार्थीलाई स्वीटर, शैक्षिक समाग्री र खाजा प्रदान गरेको हो।

विद्यालयमा आयोजित कार्यक्रमवीच समूहका सदस्य आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, समूहका मोडिरेटर बिशाल गौतम, सदस्यहरु सन्तोष न्यौपाने लगायत सदस्यहरुले ती सामाग्री वितरण गरेका थिए।

पुस ८ गते शनिवार समूहले चिया, पानीपुरी र चटपट बेचेर विपन्न विद्यार्थीलाई सहयोग गर्न केहि रकम संकलन गरेको थियो। सो कार्यक्रमबाट संकलित रकममा समूहका सदस्यहरुले केहि रकम थप गरी करिव १० हजार रुपैया बराबरको सामाग्री विद्यार्थीलाई सहयोग गरेको समूहका मोडिरेटर बिशाल गौतमले जानकारी दिए।

कार्यक्रममा बोल्दै आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले युवाहरु मुलुकभित्र बस्नुपर्छ र समाजसेवा गर्नुपर्छ भन्ने भावना हराउँदै गएका ब्राह्मण समूहमा आवद्व युवाहरुले गरेको कार्य प्रशंसनीय भएको बताए।

झाझरमारे स्रोत केन्द्रका स्रोतव्यत्ति दिपकराज अधिकारी र विद्यालयका प्रधानाध्यापक नेत्रकुमारी पराजुलीले ब्राह्मण समूहले गरेको सहयोगबाट विद्यार्थी लाभान्वित भएको उल्लेख गरे।

ब्राहमण समूह पोखराका अध्यक्ष शंकर दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य नवीन अधिकारीले स्वागत र सचिव अमृतराज पोखरेलले संचालन गरेका थिए।

ब्राह्मण समूहमा हाल एक लाख ८० हजार सदस्य छन्। फेसबुकका माध्यमबाट संगठित भई आपसी सद्भाव बढाउन र सामाजिक कार्य गर्नका लागि समूह गठन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
26 Mar · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 26 Mar 2025 00:40 UTC
Latest change: 25 Mar 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.22
Indian Rupee 
Indian Rupee
85.72
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.58
Japanese Yen 
Japanese Yen
150.13
US Dollar 
US Dollar
1
26 Mar · FX SourceRastra 
Nepal Rastra bank
Check: 26 Mar 2025 00:40 UTC
Latest change: 25 Mar 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀