पोखरा सेरोफेरो

सृजनाचोक – पृथ्वीचोकका व्यवसायी भने – ‘यस्तै हो भने आन्दोलन गर्छाै।’
पोखरा, १९ माघ। सृजनाचोक – पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले आफुहरुको समस्यालाई बेवास्ता गरिएकोभन्दै आन्दोलनको चेतावनी दिएको छ। समितिले चक्काजामदेखि पोखरा बन्दसम्म गर्ने चेतावनी दिदै आन्दोलनका कारण हुन क्षतिको सम्पूर्ण जिम्मेवार सम्वन्धित निकाय हुने जनाएको छ। समितिले शुक्रबार विज्ञप्ति प्रकाशित गरी समस्या समाधानका लागि सात दिनको अल्टिमेटम समेत दिएको छ। झण्डै दुई हप्ता अघिदेखि...
पोखरामा १०८ औ महायज्ञ हुदै
पोखरा, १९ माघ। स्याङजा फेदीखोला गाउँपालिका वडा नं ५ बांगेफड्केका युवा पण्डित देवनयन नारायण लामिछानेले सत्संकल्प गरेको राष्ट्रशान्ति मानवीय मैत्री श्रीमद्भागवत् १०८ विराट महायज्ञको समापन पोखरामा गरिने भएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पुष्करेश्वर शिव मन्दिरमा अन्तिम महायज्ञ गरी समापन गर्न लागिएको हो। पुष्करेश्वर शिव मन्दिर संचालक समितिको व्यवस्थापनमा माघ २१ देखि...
कास्की काँग्रेसले भन्यो – ‘सांसद धम्क्याउने गिरोहलाई कडा कारवाही होस्’
पोखरा, १८ माघ। नेपाली काँग्रेस कास्कीले काँग्रेस नेता एवं प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई धम्क्याउने गिरोहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। कास्की काँग्रेसको बिहीबारको बैठकले रकम असुल्ने नियतले सांसद थापालाई धम्क्याउने गिरोह समेत पक्राउ भैसकेकोभन्दै कडा कारवाही गर्न माग गरेको हो। बैठकले कुनै पनि बहानामा गिरोह उम्कन नसक्ने गरी कारवाही...
नेवि संघले क्याम्पस प्रशासनलाई चेतावनी दिदै यसो भन्यो
पोखरा, १६ माघ। नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले बुधबार पृथ्वीनारायण क्याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएको छ। पाँच बुँदे माग सहित क्याम्पसमा भैरहेको आमरण अनसनप्रति गम्भिर बन्न मागगर्दै नेवि संघले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा क्याम्पसका समस्या समाधान र विधिको मागगर्दै अनसन बसेका विद्यार्थीको जायज मागलाई यथाशिघ्र पूरा गर्न प्रशासनको ध्यानाकर्षण गराइएको छ। ज्ञापन पत्रमा विद्यार्थीका...
पार्किङ हटाएको विरोधमा व्यवसायी
पोखरा, १७ माघ। सृजनाचोक – पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ। बजार क्षेत्रमा दोहोरो व्यवस्थित पार्किङ व्यवस्था गर्न मागगर्दै समितिले ज्ञापन पत्र बुझाएको हो। समितिका संयोजक बोधराज सुवेदीको नेतृत्वमा गएको व्यवसायीको टोलीले वडाध्यक्ष रुद्र बराललाई ज्ञापन पत्र बुझाएको थियो। सिर्जनाचोकदेखि चाइनापूल तथा पृथ्वीचोकदेखि...
लाहाचोकमा लायन्सको बृहत्त स्वास्थ्य शिविर
पोखरा, १७ माघ। लायन्स क्लब अफ पोखरा गतिशिल, अंजुली, गतिशिल ंमंजरी, समृद्वि, दर्पण र डेष्टिनेशनले संयुक्त रुपमा बृहत्त स्वास्थ्य शिविर गरेका छन्। माछापूच्छ«े गाउँपालिका वडा नं ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा आयोजित शिविरमा ६ सय १५ जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको लायन्स क्लब अफ पोखरा अंजुलीकी अध्यक्ष अमृतशोभा खत्रीले जानकारी दिईन्। शिविरमा...
लायन्स क्लब आदर्श चौतारीद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, १५ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार विद्यार्थीहरुलाई सहयोग गरेको छ। क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ स्थित भयश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको हो। सो विद्यालयका ९१ जना विद्यार्थीलाई स्वीटर, न्यायो टोपी र शैक्षिक सामाग्री गरी ६५ हजार मूल्य बराबरको सहयोग गरेको थियो। पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का...
परम्परागत गरगहना बनाउने तालिम सकियो
पोखरा, १५ माघ। सुनचाँदी व्यवसायी संघ कास्की र व्यापार तथा निकासी प्रवद्र्वन केन्द्र पुल्चोक ललितपुरले संयुक्त रुपमा आयोजना गरेको परम्परागत गरगहना बनाउने तालिम आइतबार सकिएको छ। परम्परागत गरगहना बनाउन सक्ने दक्ष जनशक्ति अभाव भएकाले तालिम आयोजना गरिएको हो। तालिमपछि गरगहना बनाउनका लागि विदेशबाट कालिगढ ल्याउनु पर्ने अवस्था अन्त्य हुने व्यवसायीको अपेक्षा छ। एक महिनासम्म सञ्चालन...
पिएनका दुई विद्यार्थी आमरण अनसनमा
पोखरा, १४ माघ। पोखरामा रहेको पिएन क्याम्पसका दुई विद्यार्थी आईतबारदेखि आमरण अनसनमा बसेका छन्। नयाँ शक्ति विद्यार्थी युनियनका विद्यार्थी आमरण अनसन बसेका हुन्। सो विद्यार्थी संगठनले दिएको जानकारी अनुसार, विज्ञान संकाय तेश्रो बर्षका विद्यार्थी नरेन्द्र बसेल र कानुन संकाय चौंथो बर्षका विद्यार्थी कृष्ण अधिकारी आमरण अनसन बसेका हुन्। नयाँ शक्ति विद्यार्थी युनियनले विभिन्न पाँच बुँदे...
४० रुपैयाको टिकटमा जितेको १८ लाखको कार यसरी बुझे सन्दीपले, बधाई छ
पोखरा, १४ माघ । पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको प्रवेश टिकटमार्फत बम्बर कार बिजेता सन्दीप पौडेललाई कार हस्तान्तरण गरेको छ । आइतबार संघको सचिवालय गैह्रापाटनमा आयोजित कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजेता पौडेललाई कारको साँचो हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख...
फेवाताल देखाएर पैसा कमाउँनी, मध्यरातमा लाजै नमानी फोहोर मिसाउँनी, कहिलेसम्म हो यस्तो ?
पोखराको लेकसाईड किन यहाँ सबैभन्दा राम्रो ठाउँमा गनिन्छन् ? यहाँ होटल किन खुलेका छन् ? महंगो किन छ ? पर्यटक किन झुम्मिन्छन् ? एउटै कारण जहाँ फेवाताल छ । त्यही फेवातालकै कारण पैसा कमाउने, फेवातालबाटै बाँचेकाहरु त्यही फेवाताल मास्न उद्धत छन् । उनीहरु नै फोहोर गर्छन् अनि फेवाताल फोहोर भयो, पुरियो भनेर चिन्ता गर्छन् उनीहरु...
संकल्प आमा समूहको नयाँ कार्यसमिति
पोखरा, १४ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ नमुना टोल(बराल फिड क्षेत्र) मा रहेको संकल्प आमा समूहको १२ औं साधारणसभा तथा सातौं अधिवेशनले सुभद्रा बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा मेनका पोखरेल, सचिवमा सविता सुवेदी, सहसचिवमा पार्वती आचार्य, कोषाध्यक्षमा पार्वती पौडेल, सदस्यहरुमा लता रुवाली, शान्ति थापा, मनकुमारी थापा, हिमा...