फेवाताल देखाएर पैसा कमाउँनी, मध्यरातमा लाजै नमानी फोहोर मिसाउँनी, कहिलेसम्म हो यस्तो ?

फेवाताल देखाएर पैसा कमाउँनी, मध्यरातमा लाजै नमानी फोहोर मिसाउँनी, कहिलेसम्म हो यस्तो ?

fewa 1

पोखराको लेकसाईड किन यहाँ सबैभन्दा राम्रो ठाउँमा गनिन्छन् ? यहाँ होटल किन खुलेका छन् ? महंगो किन छ ? पर्यटक किन झुम्मिन्छन् ? एउटै कारण जहाँ फेवाताल छ । त्यही फेवातालकै कारण पैसा कमाउने, फेवातालबाटै बाँचेकाहरु त्यही फेवाताल मास्न उद्धत छन् । उनीहरु नै फोहोर गर्छन् अनि फेवाताल फोहोर भयो, पुरियो भनेर चिन्ता गर्छन् उनीहरु नै । सबै त्यस्ता नहोलान् तर छन्, सो तथ्य जनप्रतिनिधिले नै खुलाए ।

पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईडमा रहेका केहि होटल, रेष्टुरेण्ट तथा घरधनीहरुले रातको समय १२/१ बजे तिर आफ्नो ढल सहितको फोहोर पानी फेवातालमा मिसाउने गरेको तथ्य सार्वजनिक भएको हो । क्लिन लेकसाईडको आयोजनामा पोखरामा भएको छलफल कार्यक्रममा पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले पोखराको लेकसाईड क्षेत्रमा स्थानियहरुले आफुहरुलाई समेत अटेर गरी रातिको समयमा जथाभावी फोहोर फाल्ने गरेको बताए ।

उनले भने “ हामीले लेकसाईडमा जथाभावी फोहोर नगर्न आग्रह गर्दा आउदा केहिले हाम्रो अगाडी र दिउसोको समयमा फोहोर नफाले पनि रातिको समय १२, १ बजे तिर फेवातालमा सिधै ढल मिसिने नालामा आफ्नो घर–घरको ढल सहितको फोहोर मिसाउने गरेका छन। ”

पोखराको मुख्य आकषर्णको रुपमा रहेको फेवाताल अतिक्रमण हुदै आएको अर्काे कारण जथाभावी फोहोर मिसाउने काम भएको अध्यक्ष पहारीले  दाबी गरे । उनले भने “ फेवातालमा केहिले अझै पनि लुगा धुदै आएका छन, हामीले धेरै पटक अनुगमन गर्दा ताल वरिपरि र फेवातालमा जथभावी नगर्न सुझाव दिदा नमाने पछि अब हामी कारवाही गर्ने ढंगले अघि जाने तयारीमा रहेका छौं । ” फरक प्रसंगमा अध्यक्ष पहारीले लोकतन्त्रमा पनि आफुहरु जनप्रतिनिधिहरु भएको नाताले आफुहरुले राम्रो कामको लागि पनि महानरपालिकाको सिफारिस आवश्यक पर्ने निती राखेर आफुहरुलाई निरिह पारिएको गुनासो गरे ।

सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष भिम पराजुलीले लेकसाईडमा केहि व्यत्ति तथा व्ययसायीहरुमा मिचाह प्रबृत्तिका कारण फोहोर र जथाभावी गर्ने गरेको आरोप लगाए । केहीले सफा र हराभरा पार्न चाहे पनि सवैले साथ नदिदा लकेसाईड र फेवातालमा फोहोर हुने गरेको दाबी गरे ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक वसन्त शर्माले लेकासाईडमा रातिको समयमा बढी फोहोर फाल्ने र अनावश्यक हो हल्ला गर्ने तथा ध्वनि प्रदुषर्ण हुने गरेको बताए । उनले रातिको समयमा लेकसाइडमा वान्ता गर्ने युवाको हुललाई कसरी नियन्त्रण गर्ने भनी प्रश्न गरे ।

सडक क्षेत्रमा मध्यपान सहित रक्सिका वोतलहरु भेटिने गरेको शर्माले जनाए। रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले जबसम्म फोहोर गर्ने उपर कडा कारवाहीको दायरमा ल्याईदैन तवसम्म जुन सुकै अभियान ल्याए पनि अभियान सफल नहुने दाबी गरे ।

पोखराका एक व्यवसायी कमल बहादुर भुजेलले क्लिन पोखरा र हराभरा पोखराको अभियामान आफु लागेको बताउदै उक्त अभियानलाई सफल पार्न पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी भेटन आउन लागेको बताए ।

पोखराको पर्यटकीय गन्तव्यमा जथाभावी फोहोर भएकोले त्यसलाई नियन्त्रण गर्ने उद्धेश्यले आफुहरुले केहि दिन अघि देखि पोखराको लेकसाईड क्षेत्रमा सफाई अभियान सुरु गरेको क्लिन लेकसाईडका अध्यक्ष महेन्द्र नेपालीले बताए । हल्लनचोक, बाराहीचोक लगायतको क्षेत्रको सडक क्षेत्रमा चुरोटका ठुटा, रक्सिका खाली वोतल, दुगन्धित फोहोर समेत सफाई गर्दा भेटिएको अध्यक्ष नेपालीले दाबी गरे ।

स्रोत ः गण्डकन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
14 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 14 Jan 2025 00:40 UTC
Latest change: 13 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.53
Indian Rupee 
Indian Rupee
86.54
US Dollar 
US Dollar
1
Euro 
Euro
0.98
British Pound 
British Pound
0.82
Australian Dollar 
Australian Dollar
1.63
Japanese Yen 
Japanese Yen
157.33
US Dollar 
US Dollar
1
14 Jan · FX SourceRastra 
Nepal Rastra bank
Check: 14 Jan 2025 00:40 UTC
Latest change: 13 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀