पोखरा सेरोफेरो

स्ववियु जनप्रियको विविध कार्यक्रम शुरु
पोखरा, १५ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम मङ्गलबारदेखि शुरु भएको छ। कार्यक्रमको पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गरिएको युनियनकी सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिईन्। चार दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन बुधबार क्याम्पस परिषरमा रक्तदान कार्यक्रम गरिने छ। स्ववियु जनप्रियका सभापति आशिक गुरुङले...
वीरेठाँटीको फाल्गुण पूर्णिमा मेलाको तयारी पूरा
पोखरा, १५ फागुन। विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीले आयोजना गर्न लागेको फाल्गुण पूर्णिमा मेला–२०७४ को तयारी पूरा भएको छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ वीरेठाँटी युवा परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले भने – ‘मेलालाई सभ्य र भव्य बनाउन विरेठाँटीबासि लागेका छन्।’ स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा फागुन १७ देखि शुरु हुने मेला २१ गते...
आलु गाउँको पहिचान संकटमा
हेमजा, फागुन। बसाइँ सरी आउने मानिसको संख्या तीव्र रुपमा वृद्धिसँगै आलु गाउँका रुपमा परिचित हेमजा क्षेत्रको पहिचान नै संकटमा पर्नेमा चिन्ता व्यक्त गरिएको छ। हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको दसौं साधारणसभा तथा उपभोक्ता भेलामा बोल्ने वक्ताले सो चिन्ता जाहेर गरेका हुन्। क्षेत्रीय सिंचाइ निर्देशनालय पोखराका निर्देशक शिशिर कोइरालाले मानिसको चापका कारण हेमजा क्षेत्रको अधिकांश...
कारखाना मजदुर संघ कास्कीको अध्यक्षमा अधिकारी
पोखरा, १३ फागुन । नेपाल कारखाना मजदुर संघ कास्कीको छैटौं जिल्ला अधिवेशनले आगामी चार वर्षका लागि किरण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा मुक्तिराम पाण्डे, शिवहरि आचार्य, महिला उपाध्यक्षमा अनिता कुँवर, सचिवमा राजन अधिकारी, सहसचिवमा सुमन अधिकारी, कोषाध्यक्षमा शिर्षक अधिकारी छन् । सदस्यमा अप्सरा बाँस्तोला, सूर्य रानाभाट, जमुना कोइराला छन् । यसअघि...
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को स्थापना दिवस
पोखरा, १२ फागुन। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् को ३० औ स्थापना दिवस पोखरामा पनि मनाइएको छ। त्यसअवसरमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र यसका आंगिक संस्थाहरुमा विविध कार्यक्रम गरिएको थियो। पोखरा प्राविधिक शिक्षालयले सरसफाई र रक्तदान कार्यक्रम ग¥यो। रक्तदानमा कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए। पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारी आफैले...
काँग्रेस महामन्त्री पोखरा आउँदै
पोखरा, १२ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आइतबार पोखरा आउने भएका छन् । नेपाल शिक्षक संघ प्रदेश नम्बर ४ को अधिवेशन उद्घाटनका लागि महामन्त्री पोखरा आउन लागेका हुन् । उनी आइतबार दिउँसो पोखरा आउने कार्यक्रम छ । उद्घाटनपछि आइतबार पोखरामा नै रहने र सोमबार राजधानी फर्कने छन् ।
पहिलो वार्षिकोत्सवमा स्ववियु जनप्रियले विविध कार्यक्रम गर्ने
पोखरा, १२ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले चार दिनसम्म विविध कार्यक्रम गर्ने भएको छ। स्ववियुले शनिवार पत्रकार सम्मेलन गरी फागुन १५ देखि १८ गतेसम्म गर्ने कार्यक्रम सार्वजनीक गरेको छ। स्ववियुले फागुन १५ गते मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गर्ने , १६ गते बुधबार रक्तदान गर्ने , १७ गते बिहीबार बालआश्रम तथा बृद्वाश्रमलाई...
वीरेठाँटीमा फाल्गुण पूर्णिमा मेला हुने
पोखरा, ११ फागुन। विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीको आयोजनामा फाल्गुण पूर्णिमा मेला–२०७४ हुने भएको छ। स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा हुने मेला फागुन १७ देखि २१ गते सम्म चल्ने छ। खेलकुदको पहुँचबाट बन्चित युवाहरुलाई विभिन्न खेलकुदमा संलग्न गराउँदै अन्तरनिहीत क्षमता प्रस्फुटन गराउनुको साथै साँस्कृतिक संरक्षण र प्रवद्र्धनमा युवाहरुको ध्यान केन्द्रीत गराउन मेला अयोजना गरिएको वीरेठाँटी...
कास्की काँग्रेसका पाँच निर्णय, पढौं
पोखरा, ११ फागुन । नेपाली काँग्रेस कास्कीको  बैठक शुक्रबार बसेको छ । बैठकले विभिन्न विषयमा पाँच वटा निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले फागुन मसान्तभित्र कास्कीका ६ वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएको छ । फागुन महिनाभित्र नै भातृ तथा शुभेच्छुक संघ संस्थाको संयुक्त बैठक गर्ने निर्णय गरेको...
प्रदेश प्रमुख कुँवर र सांसदलाई बारको सम्मान
पोखरा, ११ फागुन । पोखरा उच्च अदालत बार एशोसिएसन र कास्की जिल्ला बार एशोसिएसनले संयुक्त रुपमा प्रदेश ४ का प्रमुख बाबुराम कुँवर सहित सांसद बिन्दुकुमार थापा र राजीव पहारीलाई स्वागत तथा सम्मान गरेको छ । पोखरा उच्च अदालत बार एशोसिएसनको सभाहलमा भएको कार्यक्रममा उच्च बारका अध्यक्ष दयाराम गौतम र जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठले उनीहरुलाई...
सवैलाई रुवाएर गइन् नेवि संघ नेतृ बन्दना पौडेल
पोखरा, १० माघ । सवारी दुर्घटनामा परी मृत्यु भएकी नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको बिहीबार अन्त्येष्टि गरिएको छ। पोखराको रामघाटमा उनको अन्त्येष्टि गरिएको नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रामघाटसम्म शवयात्रा गरिएको थियो। शवयात्रामा नेपाली काँग्रेस तथा नेवि संघका नेता÷कार्यकर्ता, आफन्त र शुभेच्छुक सहभागि थिए। नेपाली काँग्रेस...
चालकलाई कारवाही र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति, बिहीबार शवयात्रा गरिदै
पोखरा, ९ फागुन । सवारी दुर्घटनामा परी मृत्यु भएकी नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको घटनामा संलग्न चालकलाई हदैसम्म कारवाही गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएको छ। नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा त्यस्तो सहमति भएको हो। सहमतिपछि आन्दोलन स्थगित भएको छ नेपाली संघको तर्फबाट...