पोखरा सेरोफेरो

आलु महोत्सव शुरु
पोखरा, २२ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ बिहिवारदेखि शुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यवस्थापन इकाइ वसुन्धरा काठमाण्डौंको आयोजनामा भएको महोत्सव चैत ३० गते सम्म विष्णु पादुका खेल मैदानमा हुने छ। महोत्सवको उद्घाटन...
फेवातालमा डुबेर युवकको मुत्यु
पोखरा, २२ चैत ।  पोखराको फेवातालमा डुब्दा तनहुँ दुलेगौडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको छ । बिहीबार दिउँसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ। तालमा खसेपछि उनलाई डुङ्गा व्यवसायी पुकार गुरुङले पौडीएर निकालेका थिए । उद्वारपछि उपचारका लागि मेट्रो सिटि अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका...
अर्घाखाँची पोखरा सम्पर्क समाजको तालिम सकियो
पोखरा, २२ चैत । अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरामा आयोजना गरेको पाँच दिने स्मरण शक्ति अभिवृद्वि तालिम बिहीबार सकिएको छ । तालिममा तनहुँ, स्याङजा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका जिल्लाका विभिन्न क्षेत्रका दुई सय ४० जना सहभागि थिए । तालिममा संसारकै तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले...
कृष्ण टोलमा योग केन्द्र
पोखरा, २१ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ कृष्णटोलमा पतञ्जली योग केन्द्र संचालनमा ल्याइएको छ । कृष्ण टोल विकास संस्थाले कृष्ण टोल समाज भवनमा योग केन्द्र संचालन गरेको हो । स्थानीयलाई योगको महत्व बुझाउँदै योगका माध्यमबाट स्वस्थ्य र निरोगी जनशक्ति उत्पादनका लागि योग केन्द्र खोलिएको हो । स्थानीय, वडा कार्यालय र सहयोगदाताबाट दिइएको...
पोवि स्ववियु चुनाव आज
लेखनाथ, २० चैत । पोखरा विश्वविद्यालय (पोवि) को स्ववियु चुनाव बुधबार हुँदैछ । स्ववियुको संस्थापक सभापति होडमा ३ राजनीतिक संगठन र २ स्वतन्त्र गरी ५ जना चुनावी मैदानमा छन् । विश्वविद्यालय विधानमा स्ववियुको व्यवस्था भए पनि २१ वर्षपछि हुन लागेको निर्वाचनले कसलाई संस्थापक सभापति बनाउने हो त्यो भनेबारे रोचक छ । एमालेनिकट अनेरास्ववियु, काँग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रनिकट...
आलु महोत्सव भोलिदेखी, तयारी पुरा
पोखरा, २१ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ भोलि बिहीबारदेखि शुरु हुदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । ‘सम्पूर्ण उपसमितिले आफ्नो काम पुरा गरिसकेका छन्’–महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले भने–‘महोत्सवलाई भव्य र सभ्य बनाउनका सवैको सहभागिता रहने अपेक्षा गरेका छौं।’ महोत्सवको उद्घाटन प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा...
बुद्व विशाल बजार व्यापारिक एशोसियशनको शुभकामना आदानप्रदान
पोखरा, १९ चैत । बुद्व विशाल बजार व्यापारिक एशोसियशन पोखराले सोमबार नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा एशोसियशनसँग आवद्व सदस्य र शुभेच्छुकको सहभागिता थियो । त्यसअवसरमा प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापाले एशोसियशनले प्रकाशित गरेको क्यालेण्डर विमोचन गरेका थिए । कार्यक्रममा सांसद थापाले मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचार...
‘नेपाललाई तेज दिमाग हुनेहरुको देशका रुपमा चिनाउछु’
पोखरा, १८ चैत । अर्घाखाँची पोखरा सम्पर्क समाजको आयोजनामा पोखरामा आइतबारदेखि पाँच दिने स्मरण शक्ति अभिवृद्वि तालिम शुरु भएको छ । तालिममा तनहुँ, स्याङजा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका जिल्लाका विभिन्न क्षेत्रका दुई सय २० जना सहभागि छन् । तालिममा संसारकै तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले...
आचार्य दाजुभाईद्वारा विद्यालयलाई भूमिदान
पोखरा, १८ चैत । माछापुच्छ«े गाउँपालिका वडा नं २ भुर्जुङखोलाका आचार्य दाजुभाईले विद्यालयलाई भूमिदान गरेका छन्। बुबा ढुण्डीराज आचार्य र आमा इन्द्रकुमारी आचार्यको चौरासी पूजाको अवसरमा छोराहरु शिक्षासेवी, समाजसेवी रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यले एक रोपनी भूमिदान गरेका हुन् । उनीहरुले माछापुच्छ«े गाउँपालिका वडा नं २ रहेको माछापुच्छ«े माविलाई साविक सार्दीखोला गाविस वडा नं १...
निजामति कर्मचारी युनियन कास्कीद्वारा निर्वाचितलाई सम्मान
पोखरा, १७ चैत । नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीले संघको सातौ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरेको छ । संघले पोखरामा कार्यक्रम गरी केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, प्रदेश नम्बर ४ का संयोजक शिव शर्मा अधिकारी, केन्द्रीय सदस्य कृष्ण अर्याल र अमृत बगालेलाई सम्मान गरेको हो । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र...
अब पालो आलु महोत्सवको
पोखरा, १६ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाण्डौंको आयोजनामा...
बस दुर्घटनामा एकको मृत्यु, ११ जनाको उपचार हुदै
पोखरा, १४ चैत । पोखराबाट सुनौलीतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ११ जनाको उपचार भैरहेको छ। ना.५.ख ३४१ नम्बरको बस दुर्घटना हुदाँ लमजुङ धमौती कुवा निवासी ४० वर्षिय सुजन गुरुङको मृत्यु भएको डाँडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पोखरा...