पोखरा सेरोफेरो

‘काँग्रेसको नीति तथा सिद्वान्त हार्दैन’
पोखरा, ८ वैशाख । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ इकाइ समितिले शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा कास्की काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने नेताहरुले निर्वाचनपछिको निराशा अन्त्यगर्दै जोश, जाँगर र उत्साहका साथ अघि बढ्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले काँग्रेसको नीति तथा सिद्वान्त कहिले...
धम्पुस महोत्सवमा लोकदोहोरी गायक प्रजापति पराजुली सम्मानित
पोखरा, ७ वैशाख । पर्यटकीय गाउ धम्पुसमा जारी गन्तब्य धम्पुस महोत्सवमा बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली सम्मानित भएका छन् । लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै आयोजक लाली गुराँस युवा क्लबले पराजुलीलाई दोसल्ला र मायाको चिनोद्धारा सम्मान गरेको हो । बिहीबार आयोजित कार्यक्रममा चार नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रधारा बिष्ट, लाली गुराँस युवा क्लबका...
निर्माण व्यवसायीको रक्तदान
पोखरा, ६ वैशाख । ‘रक्तदान – जीवनदान’ भन्ने मूल नाराका साथ निर्माण व्यवसायी समिति पोखराले पोखरामा बुधबार रक्तदान गरेको छ । कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्विबहादुर थापाले पहिलो रक्तदाता बुद्वि परियारलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. बुद्विबहादुर थापा,...
फेवाताल जादै हुनुहुन्छ भने लाइफ ज्याकेट लगाऔं, पूजारीलाई दिइयो लाइफ ज्याकेट
बैशाख ५,पोखरा । पोखराको लेकसाइड डोजाङ्गले फेवाताल विचमा रहेको तालबाराही मन्दिरका पुजारीहरुलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ । एक समारोहका विच डोजाङ्ग प्रमुख प्रितम कुँवरले मन्दिरका पुजारी नारायण प्रसाद अधिकारीलाई पाँच थान लाइफ ज्याकेट हस्तान्तरण गरे । त्यसैगरि कुँवरले मन्दिरका लागि १ हजार भेटि सहयोग प्रदान गरे । पुजारी अधिकारीले लाइफ ज्याकेट सहयोग गरेकोमा...
कुल सेवा समितिको अध्यक्ष केशवबहादुर खत्री
पोखरा, ३ बैशाख । भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समितिको प्रथम अधिवेशनले केशवबहादुर खत्रीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेमबहादुर खत्री, महासचिवमा विष्णुमाया खत्री, कोषाध्यक्षमा यानबहादुर खत्री, सचिवमा ध्रुर्वबहादुर खत्री छन्। सदस्यमा सरस्वती खत्री, गणेशबहादुर खत्री, नारायणबहादुर खत्री, कमला खत्री, श्यामबहादुर खत्री, मेजनबहादुर खत्री , रामचन्द्र खत्री र अनु खत्री...
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बराललाई पितृशोक
पोखरा, २ बैशाख। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराललाई पितृशोक परेको छ । बरालका पिता सूर्यनाथ उपाध्याय बरालको पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ पाटनवेशीस्थित निवासमा ९० वर्षको उमेरमा आइतवार निधन भएको हो। उनी विगत केही समय यता दम लगायतका स्वास्थ्य समस्याबाट पीडित थिए। साविक आर्वा विजय गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च समेत रहेका समाजसेवी...
जनकल्याण युवा उपसमितिको रक्तदान
पोखरा, ३० चैत । जनकल्याण समिति युवा विकास उपसमिति पोखरा – १३ ले शुक्रबार खुल्ला रक्तदान गरेको छ । कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । कार्यक्रम उद्घाटनगर्दै समाजसेवी बिमल बसेलले युवाहरुले रचनात्मक कार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गरे । युवा विकास उपसमितिका संयोजक बिनोदराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक रवि बरालले धन्यवाद...
घाइते पौडेलको पनि मृृत्यु, चालकलाई कडा कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी
पोखरा, २९ चैत । माइक्रोबसको ठक्करबाट गंभिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार मृत्यु भएको हो । गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोले ठक्कर दिंदा मोटरसाइकल चालक शोभाकान्त पनेरुको...
सामुदायिक माटेपानीको शुभकामना आदानप्रदान
पोखरा, २९ चैत । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले नयाँ वर्ष – २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा आमा समूह, टोल विकास संस्था, क्लबका प्रतिनिधि तथा संस्थाका सदस्यहरुको सहभागिता थियो । त्यसअवसरमा संस्थाद्वारा प्रकाशित क्यालेण्डर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले लोकापर्ण गरेका थिए । कार्यक्रममा...
लायन्स आदर्श चौतारीमा नयाँ समिति
पोखरा, २९ चैत । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले लायन वर्ष २०१८÷२०१९ का लागि चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा भरतराज शर्मा, द्वितिय उपाध्यक्षमा नारायणबहादुर थापा, तृतिय उपाध्यक्षमा शिव नेपाली, सचिवमा बसन्तराज कोइराला, कोषाध्यक्षमा मोहनराज पौडेल छन् । त्यस्तै, एमएमसीमा भगवान श्रेष्ठ, रिपोर्टीङमा राजन भण्डारी, पिआरओमा सन्तोष सिग्देल,...
महाभारतको प्रसंग सुनाउदै काँग्रेस नेता भण्डारीले यसो भने
पोखरा, २९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभित्र सिंहदरबारको लडाइ मात्र भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । पार्टी, कार्यकर्ता, राष्ट्रियता, संस्कृतितर्फ नभई नेताहरु सिंहदरबारको लडाइमा मात्र लागेकाले पार्टी कमजोर भएको उनको भनाइ छ। रोग सिंहदरबारको लडाइ हो उनले भने – ‘पार्टीभित्रको यो रोग अन्त्य गर्न मुखबाट औषधी खुवाएर हुदैन, इन्जेक्सन...
लायन्स अन्नपूर्णको खानेपानी ट्यांकी निर्माण अभियान
पोखरा, २९ चैत । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सरकारी विद्यालयहरुमा खानेपानी ट्यांकी निर्माण अभियान तिव्रताका साथ अघि बढाएको छ । सरकारी विद्यालयका विद्यार्थीहरुलाई शुद्व खानेपानी उपलब्ध गराउने उदेश्यले स्वीस प्रविधिको खानेपानी ट्यांकी निर्माण अघि बढाएको हो । सन् २०१७÷२०१८ मा पाँच वटा विद्यालयमा ट्यांकी निर्माण गरेको क्लबका अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए । सामाजिक...