घाइते पौडेलको पनि मृृत्यु, चालकलाई कडा कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी

घाइते पौडेलको पनि मृृत्यु, चालकलाई कडा कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी

accident

पोखरा, २९ चैत । माइक्रोबसको ठक्करबाट गंभिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ ।

उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार मृत्यु भएको हो । गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोले ठक्कर दिंदा मोटरसाइकल चालक शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते पौडेलको तीन दिन पछि मृत्यु भएको हो ।

मृतक दुबैको बिहिबार नै अन्त्येष्टी गरिएको छ । पनेरुको सेती रामघाटमा तथा पौडेलको दोविल्ला घाटमा अन्त्येष्टी गरिएको हो । मृतक दुवैका परिवारले बिहिबार शव बुझेका हुन् ।

पनेरुको मृत्युपछि विद्यार्थी र आफन्त आन्दोलित बनेका थिए । उनीहरुले बुधबार दिउँसो पोखरामा सार्वजनीक यातायात सञ्चालनमा समेत अवरोध पु¥याएका थिए ।

मृतक दुवैका आफन्तले चालकलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । ‘प्रशासनले चालकलाई कडा कारवाही गर्ने आश्वासन दिएकालेनै हामीले शव बुझेका हौ’ मृतक पनेरुका ठुलोबुवा दुर्गाप्रसाद पनेरुले भने । ‘हामीलाई ५ लाखको प्रलोभन देखाइएको छ, तर हाम्रो माग चालकलाई कडा कारवाही हुनुपर्छ भन्ने हो’ उनले भने । बिमा बापत नियमलेनै पाइने पाँच लाख देखाउँदै कसैको ज्यान लिन नपाइने उनको भनाइ छ ।

त्यस्तै अर्का मृतक पौडेलका आफन्त हुमप्रसाद अधिकारीले पनि प्रशासनले चालकलाई कडा कारवाही नगरे फेरी सडकमा आउन बाध्य हुने चेतावनी दिए ।

स्याङ्जा घर भइ हाल ड्यामसाइड बस्दै आएका २२ वर्षिय शोभाकान्त पनेरु छोरेपाटनस्थित गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय स्नातक तह दोस्रो वर्षमा पढ्थे । अर्का मृतक २४ वर्षिय सन्दीप पौडेल पोखरा लेखनाथ महानगरपालिका वडा २१ का हुन् ।

घटनापछि आन्दोलित  पोखराका विद्यार्थीहरुले बुधबार दिनभर पोखराको सडकमा नाराबाजि गरेका थिए । आन्दोलित विद्यार्थीले मान्छे मार्न पाइँदैन, हत्याको निष्पक्ष छानबिन गर, चालकको लाइसेन्स खारेज गर लगायतका नाराबाजी गरेका थिए । बस चालकलाई कडा कारवाही नभए आफुहरु फेरी सडकमा उत्रने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
02 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.93
Indian Rupee 
Indian Rupee
85.54
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
144.06
US Dollar 
US Dollar
1
02 Jun · FX SourceRastra 
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀