पोखरा सेरोफेरो

कास्की काँग्रेसद्वारा विद्यार्थी दमनको निन्दा
पोखरा, ३० जेठ । नेपाली काँग्रेस कास्कीले नेवि संघका विद्यार्थीमाथि भएको प्रहरी दमनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा गरिएकोे छ । विज्ञप्तिमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउँने संवैधानिक अधिकारको समेत बेवास्ता गरी सरकारको निर्देशनमा भएको घटनाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको...
लायन्स आदर्श चौतारीद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, २९ जेठ । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले विद्यालय सपोर्ट कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सहयोग गरेको छ । क्लबले स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ आरुपाटास्थित कन्या आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो । विद्यालयमा आयोजित कार्यक्रमबीच ३३ जना विद्यार्थीलाई पोशाक, झोला, जुत्ता, स्टेशनरी, खेलकुद सामग्री वितरण गरिएको थियो । करिब ७० हजार मूल्य...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा
पोखरा, २८ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आइतबारदेखी आन्दोलनमा उत्रेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनको आव्हानमा अस्पताल सुधार तथा आफ्ना पेशागत माग सहित कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलन स्वरुप आइतबार कर्मचारीहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । सोमबार र मङ्गलबार पनि हातमा कालोपट्टि बाँधेर काम गर्ने र बुधबार,...
आदिवासी जनजाति संघ चार नम्बर प्रदेशको अध्यक्षमा जितबहादुर
पोखरा, २७ जेठ । नेपाल आदिवासी जनजाति संघ चार नम्बर प्रदेशको पोखरामा आइतबार सम्पन्न प्रथम भेलाले कास्कीका जितबहादुर गुरुङको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ । समितिको सदस्यहरुमा धु्रव घले (कास्की), गौमति थापा मगर (कास्की), खेम गुरुङ (कास्की), नेमबहादुर राना (स्याङ्जा), लिलबहादुर राना (स्याङ्जा), इन्द्रबहादुर आले (तनहुँ), गमप्रसाद तमु (लमजुङ), कृष्ण गुरुङ (पर्वत), युवराज अर्मजा...
पोखरा – २ मा वडा भेला
पोखरा, २६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ को शनिवार वडा भेला भएको छ । भेलामा वडाको तर्फबाट आर्थिक वर्ष ०७४÷०७५ को प्रगति प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष ०७५÷०७६ को योजनाका बारेमा छलफल भएको थियो। कार्यक्रममा वडाध्यक्ष रामेश्वर मल्लले आर्थिक वर्ष ०७४÷०७५ मा वडामा भएका विकास निर्माण सम्वन्धी गतिविधि बारे जानकारी गराएका...
काँहुखोला तीन अञ्चुरे टोलको अध्यक्षमा बराल
पोखरा, २७ जेठ । काँहुखोला तीन अञ्चुरे टोल विकास संस्था पोखरा – १३ को शनिवार सम्पन्न पाँचौ अधिवेशन तथा नवौं साधारणसभाले बलबहादुर बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णुदेवी अधिकारी, सचिवमा बसन्तराज बराल, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा कमल खनाल छन्। समितिको सदस्यमा लक्षिन गुरुङ, चन्द्रकुमारी गुरुङ, निरा नेपाली, पिनकुमारी गुरुङ...
मेलानको वार्षिकोत्सवमा रक्तदान, अधिक रक्तदाता महिला
पोखरा, २७ जेठ । मेडिकल ल्यावोरेटरी एशोसियशन अफ नेपाल (मेलान)को १३ औ स्थापना दिवसको अवसरमा पोखरामा शनिवार रक्तदान गरिएको छ । मेलान चार नम्बर प्रदेशले पोखराको महेन्द्रपुलमा आयोजना गरेको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नेमा महिलाको संख्यामा अधिक रहेको थियो । रक्तदान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले सामाजिक कार्यबाट...
महिला तथा बाल उत्थान मञ्चको तालिम
पोखरा, २५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल उत्थान मञ्चले आयोजना गरेकोे सितारा भर्ने (बुटिक) तालिम सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ को सहयोगमा आयोजित तालिममा ३५ जना महिला सहभागी थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो । तालिम समापनमा वडा नं...
पोखरा – १३ मा सचेतनामूलक ¥याली
पोखरा, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल कल्याण कुञ्जले मङ्गलबार सचेतनामूलक ¥याली गरेको छ । पोखरा – १३ गोलचौताराबाट शुरु भएको याली गौडाकोमुख, बाझापाटनहुदै काँहुखोला पुगेको थियो । ¥यालीमा सरसफाईमा पुगोस् ध्यान, यहि हो हाम्रो अभियान, फोहोरलाई मोहरमा बदलौं, गाडी आउँछ दैलोमा फोहोर राखौं...
रात्रीकालिन चेकिङमा कास्की प्रहरी प्रमुख
गिता राना मगर पोखरा, २२ जेठ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन् । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी जवान संगै स्वयं आफै सवारी चेकजांचमा सहभागी भए । सवारी चेकजांच संगै रानाले सवारी चालकहरु...
कास्की काँग्रेसको जिल्ला सम्मेलनको तयारी पूरा
पोखरा, १६ जेठ । नेपाली काँग्रेस कास्कीले गर्न लागेको जिल्ला सम्मेलनको तयारी पूरा भएको छ । कास्की काँग्रेसको जेठ ४ गतेको बैठकले १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको थियो । १७ गते सम्मेलन उद्घाटन गरिने छ । पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गर्ने तथा बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक...
गोनेसाद्वारा ५ सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
पोखरा, १५ जेठ । असल छिमेकी सहयोग संघ (गोनेसा) ले यस शैक्षिक वर्षका लागि करिब ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संघले विद्यालय भर्ना सहयोग कार्यक्रमअन्तर्गत स्कूल ब्याग, पोशाक लगायत शैक्षिक सामाग्री वितरण गरेको हो । गोनेसाले सन् २००३ देखि आर्थिक रुपमा कमजोर बालबालिकालाई अध्ययनका लागि सहयोग गर्दैआएको छ । गोनेसाको सहयोगमा...