गोनेसाद्वारा ५ सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

गोनेसाद्वारा ५ सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

gonesa-photo-690×460

पोखरा, १५ जेठ । असल छिमेकी सहयोग संघ (गोनेसा) ले यस शैक्षिक वर्षका लागि करिब ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संघले विद्यालय भर्ना सहयोग कार्यक्रमअन्तर्गत स्कूल ब्याग, पोशाक लगायत शैक्षिक सामाग्री वितरण गरेको हो ।

गोनेसाले सन् २००३ देखि आर्थिक रुपमा कमजोर बालबालिकालाई अध्ययनका लागि सहयोग गर्दैआएको छ ।

गोनेसाको सहयोगमा कक्षा १ देखि १२ कक्षासम्म चार सय २४ जना विद्यार्थी र २३ बाल विकास केन्द्रमा ५ सय बढी बालबालिका अध्ययन गर्दै आएका छन् ।

गोनेसाले उनीहरुलाई शिक्षासँगै पोषण र उपचार सेवा समेत उपलब्ध गराउँदै आएको गोनेसाका महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए ।

मङ्गलबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केदार आचार्य, गैरसकारी संस्था महासंघका सचिव डा बुद्विबहादुर थापा, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, केयर नेपालका बालकृष्ण जमरकट्टेल, असल छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टोपराज ढुङ्गाना, जानकी आधारभूत विद्यालयका प्रधानाध्यापक गोपालराज पौडेलले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

त्यस अवसरमा गोनेसाले पढाइरहेका विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ल्याउने आधारभूत विद्यालयतर्फ छात्र सन्दीप पौडेल, छात्रा सविना बिक र मावितर्फ छात्र साजन गौतम, छात्रा नीतु पुनलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा मन्त्री पुनले बालबालिकाका लागि शिक्षाको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनले विद्यार्थीसँगै अभिभावकले पनि आफ्ना छोराछोरीको पढाइमा विशेष ध्यान दिनु पर्ने बताइन्।

महानगरपालिकाका शिक्षा विभाग प्रमुख केदार आचार्य र गैर सरकारी संस्था महासंघ कास्कीका सचिव डा बुद्विबहादुर थापाले गोनेसाले शिक्षामा गरेको सहयोग प्रशंसनीय भएको बताए ।

गोनेसाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता परियारले स्वागत र कार्यक्रम संयोजक कमला रिमालले सञ्चालन गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
04 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 04 Jun 2025 00:30 UTC
Latest change: 03 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.95
Indian Rupee 
Indian Rupee
85.55
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.1
US Dollar 
US Dollar
1
04 Jun · FX SourceRastra 
Nepal Rastra bank
Check: 04 Jun 2025 00:30 UTC
Latest change: 03 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀