पोखरा सेरोफेरो

आँधीखोला सामुदायिक वनको अध्यक्षमा क्षेत्री
पोखरा, ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देव बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल,...
आलु महोत्सवलाई आमा समूहले सघाउने
पोखरा, ७ चैत । चैत्र २६ गतेदेखि वैशाख ३ गतेसम्म हुने ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई सफल बनाउन हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले गरेको आमा समूहको भेलामा आलु महोत्सवले हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिएको छ । कामधेनु महिला कृषक...
पत्रकार भुसाल पुरस्कृत
पोखरा, ६ चैत । पोखराका क्रियाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ । प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ, सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण...
अन्नपूर्णमा सामुदायिक सेवा केन्द्र वगरको सचेतना कार्यक्रम
पोखरा, ३ चैत । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लैड्डिक तथा घरेलु हिंसा सम्वन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाँउपालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव...
रुपाताल छेउमा सिस्टेनी मेला
पोखरा ३०, फागुन । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ । मेलाबारे जानकारी दिन पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्तिरुपा तमु...
छ महिनामा पूजिगततर्फ औसत १५ प्रतिशत मात्रै खर्च
पोखरा, २९ फागुन । जिल्ला समन्वय समिति कास्कीले संघ ,प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७९÷८० मा सम्पादित कार्यहरूको अर्ध वार्षिक समिक्षा गरेको छ । दुई दिनसम्म चेलेको समिक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयमा संचालित योजना तथा विकास निर्माणका कार्यहरूको समिक्षा गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तीन वटै तहका सरकारका...
गण्डकी प्रदेश सभा सदस्य बराललाई पितृशोक
पोखरा, २६ फागुन । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराललाई पितृशोक परेको छ । उहाँका बुबा लोकराज बरालको ८२ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो । बराल समाजसेवाका क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । अपरेशनपछि उहाँ घरमा नै आराम गरिरहनु भएको थियो । उहाँको पार्थिव शरिर शनिवार पोखरा ९ स्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको छ...
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
पोखरा, २६ फागुन । सुजुकी ब्राण्डका दुई नयाँ एसयूभि “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकी ब्राण्डका चारपाङ्ग्रे गाडीको गण्डकी, धौलागिरीको आधिकारीक वितरक बतास ब्रदर्स प्रा.लिले शुक्रबार नयाँजबारस्थित सोरुममा कार्यक्रम गरी ती गाडी सार्वजनिक गरेको हो । कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र...
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
पोखरा, २४ फागुन । देशभर आज ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । दिवसका अवसरमा ¥याली, अन्तरक्रिया, सहयोग हस्तान्तरण जस्ता विविध कार्यक्रम गरिएको छ । ‘रोजगार तथा मर्यादित कार्यका लागि महिला हिंसा तथा दुव्र्यवहार रहित कार्यस्थलको निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेपाल गृह श्रमिक संघ कास्कीले पनि विविध कार्यक्रम गरेको छ ।...
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
पोखरा, २१ फागुन । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २४ औं वार्षिकोत्सवका अवसरमा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई १२ हजारका दरले एक लाख ८० हजार छात्रवृत्ति र सात विद्यालयलाई तीन लाख २० हजार...
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
पोखरा, २० फागुन । महाकाव्यकार वसन्तप्रसाद चालिसेको ʿमैले देखेको पोखरा–२०७९ʾ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित एक कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण गर्नुभयो । कार्यक्रममा मुख्य न्यायाधिश आचार्यले पोखरा महानगरपालिकामा लामो समय सेवा गरेका चालिसेले त्यहाँका भोगाई तथा अनुभवलाई पुस्तकमा उतार्नुभएको बताउनुभयो । महानगरलाई व्यवस्थित एवम्...
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
पोखरा, १८ फागुन । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ (प्रजातान्त्रिक व्यवसायी संघ), गण्डकी प्रदेशले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रम नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेश सभापति शर्माले प्रजातन्त्रवादी व्यवसायीलाई संगठित गर्दै व्यवसायी र राजनीतिबीच सहसम्बन्ध कायम गर्ने उद्देश्यका साथ संस्थाको गठन भएको...