पोखरा सेरोफेरो

प्रेस युनियनद्वारा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको निन्दा
पोखरा, २४ वैशाख । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुव्र्यवहारको निन्दा गरेको छ । समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि दुव्र्यवहार गरिनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई...
प्रेस युनियन कास्कीका पुरस्कार संस्थापक बरालको निधन
पोखरा, २१ वैशाख । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा ११ तुलसी मार्ग निवासी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र सात छोरी छन् । हरिप्रसाद बराल, परशुराम बराल र...
काँग्रेस क्षेत्रीय सभापति शर्मालाई पितृशोक
पोखरा, १७ वैशाख । नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेको छ । उनका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पाखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए । स्व. टेकनाथ तत्कालिन सल्यान गाउँ पञ्चायत अध्यक्ष र...
काँग्रेस जिल्ला सदस्य तिमिल्सिनालाई मातृशोक
पोखरा, १६ वैशाख । पोखरा १८, सराङकोट निवासी नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ । उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर मङ्गलबार पोखरा १, गाईघाटमा अन्त्येष्ठि गरिएको छ । उनका तीन छोरा र तीन छोरी छन् । शवयात्रामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता,...
निर्माण व्यवसायी समिति निर्माण मजदुरलाई २२ लाखको राहत वितरण गर्दै
पोखरा, १४ वैशाख । निर्माण व्यवसायी समिति पोखरा नेपालले निर्माणमा संलग्न मजदुरलाई राहत वितरण गरेको छ । समिति करीब एक हजार पाँच सय जना मजदुरलाई राहत वितरण गर्ने तयारीमा छ । पहिलो चरणमा आइतबार चार सय मजदुरलाई राहत वितरण गरिएको छ । समितिले करीब २२ लाख बराबरको राहत वितरण गर्ने जनाएको छ । समितिका अध्यक्ष...
आर्वा कसेरी टोलमा सेनिटाइजर स्प्रे
पोखरा, ११ वैशाख । आर्वा कसेरी टोल विकास संस्थाले टोलमा सेनिटाइजर स्प्रे गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा आफ्ना टोलबासिलाई सुरक्षित राख्नका टोलमा सेनिटाइजर स्प्रे गरिएको हो । बाटो, कुलो, खानेपानी धारा, पाटी पौवा र टोल भित्र रहेका करीब एक सय १० घरधुरी वरपर क्षेत्रमा सेनिटाइजरले स्प्रे गरिएको टोल विकास संस्थाका अध्यक्ष...
कास्की काँग्रेसको विशेष बैठक, राहत वितरणमा राजनैतिक पूर्वाग्रह भएको ठहर, सांसदलाई राहत वितरणमा रोक लगाउनु निन्दनीय
पोखरा, १० वैशाख । नेपाली काँग्रेस कास्कीको विशेष बैठक बुधबार बसेको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा जिल्ला पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु, नगर सभापति, जिल्लाका प्रदेशसभा सदस्यसहितको उपस्थितिमा बसेको विशेष बैठकले कोरोना संक्रमणपछिको अवस्था विश्लेषण गर्दै विभिन्न ४ वटा निर्णय गरेको छ । कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलका अनुसार बैठकमा एकद्वार प्रणालीका नाममा राज्यद्वारा...
एक महिनाको राहत प्याकेज आवश्यक – कास्की काँग्रेस
पोखरा, ७ वैशाख । नेपाली काँग्रेस कास्कीले कम्तिमा पनि एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ । ‘सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै छ, १५ दिन लकडाउन गर्दा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको छ, विज्ञप्तिमा भनिएको छ, त्यसलाई तत्काल सुधार गरी कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग गर्दछौं।’...
कोरोना रोकथाम र नियन्त्रणमा काँग्रेस
पोखरा, २३ चैत । विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सक्रिय बनेको छ । नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका समिति कास्कीले गाउँपालिका भित्र कोरोना भाइरसबाट नागरिकलाई जोगाउन ब्लिचिङ पाउडरको झोल छर्केको छ । गाउँपालिकाका ९ वटै वडामा ब्लिचिङ पाउडर झोल छर्केने योजना रहेको त्यस क्षेत्रका काँग्रेस नेता खुशीमान गुरुङले बताए ।...
संकटका बेला विपन्न परिवारका माझ तरुण दल कास्की
पोखरा, २१ चैत । लकडाउनका कारण गरीब तथा विपन्न वर्गका नागरिकलाई खाद्यान्न संकट पर्न थालेपछि तरुण दल कास्कीले राहत वितरण गर्न थालेको छ । संकटका बेला नागरिकका सकेको सहयोग गर्नु कर्तव्य भएको भन्दै तरुण दल कास्की गरीब तथा विपन्न जनताका माझमा पुगेको छ । लकडाउनपछि आफ्नै स्रोतसाधनको प्रयोग गरी बिरामीलाई सहयोग गर्दै आएका तरुण नेता...
प्याब्सन कास्कीद्वारा विपद् कोषलाई पाँच लाख सहयोग
पोखरा, २० चैत । प्याब्सन कास्कीले पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गरेको छ । प्याब्सनले कोषका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको हो । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीको नेतृत्वमा गएको टोलीले महानगर प्रमुख मानबहादुर जिसीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । लकडाउनपछि गरीब तथा विपन्न वर्ग नराम्ररी प्रभावित बनेकाले उनीहरुलाई राहत...
अधिकारीद्वारा मास्क, ग्लब्स र सेनिटाइजर सहयोग 
पोखरा, २० चैत । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रयास भैरहेको छ । यसका लागि सरकारी, गैह्सकारीदेखि विभिन्न व्यत्ति तथा संघसस्थाले आआफ्नै किसिमले सहयोग पनि गर्दै आइरहेका छन् । यसैक्रममा पोखरा महानगरपालिका वडा नं १२ निवासी विद्या अधिकारीले पनि सहयोग गरेकी छन् । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...