एक महिनाको राहत प्याकेज आवश्यक – कास्की काँग्रेस

एक महिनाको राहत प्याकेज आवश्यक – कास्की काँग्रेस

flag

पोखरा, ७ वैशाख । नेपाली काँग्रेस कास्कीले कम्तिमा पनि एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ ।

‘सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै छ, १५ दिन लकडाउन गर्दा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको छ, विज्ञप्तिमा भनिएको छ, त्यसलाई तत्काल सुधार गरी कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग गर्दछौं।’

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, सामाजिक संघ संस्थाको सहभागितामा राहत वितरण गर्न भनिएको छ ।

‘सामाजिक संघ संस्थासहित सर्वदलिय सयन्त्रमार्फत् राहत वितरण गरौं, विज्ञप्तिमा भनिएको छ, न्युन रहेको राहतलाई बढाउन आवश्यक छ।’

तथ्यांक संकलन गरी राहत व्यवस्थित र पारदर्शी गनुपर्ने देखिएको भन्दै विज्ञप्तिमा वडामा खाना खुवाउने व्यवस्था पनि अव्यवहारिक भएको जनाइएको छ ।

विज्ञप्तिमा राष्ट्रिय संकटमा रहेका बेला भूमि समस्या समाधान आयोगमा कार्यकर्ता नियुक्त गरेकोप्रति आपत्ति जनाएको छ ।
सरकारको सम्पूर्ण शक्ति र स्रोत नै कोरोना विरुद्व लगाउनुपर्ने समयमा आफ्ना कार्यकर्तालाई सुविधा दिन यस्तो नियुक्त गरिएको भन्दै आचोलना गरिएको हो ।

विज्ञप्तिमा पोखरा १९ घार्मिमा रहेको राष्ट्रिय वन फडानीमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा संलग्न रहेको समाचार सार्वजनीक हुनु दुःखद् विषय भएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । वन फडानीको विषयमा आवश्यक अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न कास्की काँग्रेसले माग गरेको छ ।

त्यस्तै, चिकित्सक शेरबहादुर पुनलाई कारवाही गर्ने समाचार सार्वजनीक भैरहदा स्वास्थ्यकर्मीको मनोबल घट्ने भन्दै स्वास्थ्यकर्मीलाई अनावश्यक दुःख दिने र मनोबल घटाउने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलका अनुसार पार्टीले पनि कसरी राहत वितरण गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताए।

‘दुःखका बेला जनतासँगै नजिक छौं, कतिपय स्थानमा राहत वितरण पनि भएको छ, उनले भने, पार्टीको तर्फबाट के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
03 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 03 Nov 2024 00:05 UTC
Latest change: 02 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.53
Indian Rupee 
Indian Rupee
84.04
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
152.7
US Dollar 
US Dollar
1
03 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 03 Nov 2024 00:05 UTC
Latest change: 02 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀