पोखरा सेरोफेरो

जीपी कोइराला फाउण्डेशन कास्की क्षेत्र नं २ को बैठक 
पोखरा, १ साउन । जीपी कोइराला फाउण्डेशन कास्की क्षेत्र नं २ को कार्यसमितिको बैठक बसेको छ । फाउण्डेशनका जिल्ला सहसंयोजक विजयराज आचार्यको उपस्थितिमा बैठक भएको हो । बैठकमा सदस्यहरु मातृकाराज घिमिरे, गणेशबहादुर अधिकारी,चन्द्रवती वाग्ले, तिर्थकुमारी गुरूङ, शिवराज बास्तोला,भगवती कोइराला, अब्दुल मजिद खान, पशुपति शर्मा ,तोरण गुरुङ,श्रीकृष्ण लामिछाने र प्रेम परियारलाई पदस्थापन गरिएको थियो । जीपी...
प्रदेश प्रमुख अधिकारी गए रानाभाट निवास
पोखरा, ३० असार । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ ले काँग्रेस पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटकी ममतामयी माता खिमकुमारी रानाभाटको निधन भएकोमा दुःख व्यक्त गरेका छन् । प्रदेश प्रमुख अधिकारी मङ्गलबार पोखरा २६ स्थित साँघुकोमुखमा रहेको रानाभाट निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना र शोक...
कास्की काँग्रेसद्वारा जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति
पोखरा, २८ असार । नेपाली काँग्रेस कास्कीले विषम परिस्थितिमा गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति जनाएको छ । कास्की काँग्रेसको आइतबारको बैठकले जनप्रतिनिधिको सेवा सुविधा बढाउने निर्णय अव्यहारिक भएको भन्दै आपत्ति जनाएको प्रवत्ता नवीन सिग्देलले बताए । बैठकले लकडाउनका कारण नराम्ररी प्रभावित बनेको यातायात, पर्यटन र उद्योग क्षेत्रलाई राहत दिन सरकारसँग माग गरेको...
काँग्रेस नेतृ आचार्य राहत लिएर भरतपोखरीमा
पोखरा, २८ असार । नेपाली काँग्रेसकी नेतृ, सामाजिक अभियन्ता रङ्गिला आचार्यले पोखरामा शनिवार ४१ जनालाई राहत वितरण गरेकी छन् । पोखरा ३३ भरतपोखरीको मनियल डाडा, वर पौवा, भज्याङ, आपु कसेरी, लामगादीमा ४१ जनालाई खाद्यान्न तथा नगद वितरण गरेको नेपाली काँग्रेस पोखरा ३३ का सहसंयोजक दिनेश आचार्यले जानकारी दिए । कोरोना संक्रमणपछिको लामो समयको लकडाउनका कारण...
कास्की काँग्रेसद्वारा बाढिपहिरोका कारण जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त, तत्काल राहत उपलब्ध गराउन माग
पोखरा, २६ असार । नेपाली काँग्रेस कास्कीले कास्की जिल्लाका विभिन्न स्थानमा बाढिपहिरोका कारण जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कास्की काँग्रेसले पहिरोका कारण पोखरा १८ सराङकोटस्थित गोठादीमा पाँच जना, पोखरा २५ हेमजामा एक जना र पोखरा २६ पैतेडाडामा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।...
पोखरा वडा कार्यालय ९ को पाश्र्वचित्र सार्वजनिक
पोखरा, २६ असार । पोखरा महानगरपालिका वडा नं ९ कार्यालयले प्रकाशित गरेको पाश्र्वचित्र दशौं अङ्क शुक्रबार विमोचन गरिएको छ । वडाध्यक्ष रामराज लामिछाने, सदस्य राममाया मानन्धर, गीता चम्रकार र पोखरा बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र लालचनले संयुक्त रुपमा सो पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा वडाध्यक्ष लामिछानेले सुधार गर्दै आगामि दिनमा पनि पुस्तक प्रकाशित...
काँग्रेस नेतृ आचार्यद्वारा यातायात मजदुरलाई राहत
पोखरा, २६ असार । नेपाली काँग्रेसकी नेतृ, सामाजिक अभियन्ता रङ्गिला आचार्यले पोखरामा शुक्रबार यातायात मजदुरलाई राहत वितरण गरेकी छन् । उनले ४० जना यातायात मजदुरलाई खाद्यान्न वितरण गरेकी हुन् । कोरोना संक्रमणपछिको लामो समयको लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरलाई उनले सहयोग गरेकी हुन् । ‘समस्यामा परेकालाई सहयोग गर्नु कर्तव्य हो, कास्की काँग्रेसकी सहसचिव आचार्यले...
काँग्रेस पूर्व महामन्त्री र कास्की सचिवलाई मातृशोक
पोखरा, २३ असार । प्रजातन्त्र सेनानी स्व.नारायणदत्त रानाभाटकी धर्मपत्नी, काँग्रेस पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटकी ममतामयी माता खिमकुमारी रानाभाटको एक सय वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी उनको मङ्गलबार बिहान पोखरा २६ स्थित आफ्नै निवासमा निधन भएको थियो । उनका चार छोरा र...
जीपी फाउण्डेशनले ग¥यो प्रेस युनियनलाई प्रेस ज्याकेट सहयोग
पोखरा, २० असार । जीपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ । पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति शान्ति नायक, युग पुरुष स्व.गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्म जयन्तीको अवसरमा जीपी फाउण्डेशन कास्कीले प्रेस युनियन कास्कीलाई शनिवार एक कार्यक्रमकाबीच ५० थान प्रेस ज्याकेट सहयोग गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय...
कास्की काँग्रेससहितका दल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, कोरोना संक्रमितको उपचार छुट्टै स्थानमा हुने
पोखरा, १९ असार । नेपाली काँग्रेस कास्कीको नेतृत्वमा जनता समाजवादी पार्टी कास्की र राप्रपा कास्कीका प्रतिनिधि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोरोना संक्रमितको उपचारमा गरेको व्यवस्था बारे जानकारी लिन र अन्य बिरामीको समस्या बारे जानकारी गराउँन तिन दलका प्रतिनिधि प्रतिष्ठान गएको कास्की काँग्रेसका प्रवत्ता नवीन...
आर्थिक अपराध नियन्त्रण गर्छु – श्रेष्ठ
पोखरा, १५ असार । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आर्थिक अपराध नियन्त्रणमा प्राथमिकता दिने बताएका छन् । विभिन्न १५ बुँदे प्राथमिकता अन्तर्गत उनले आर्थिक अपराध समस्याका रुपमा रहेकाले त्यसलाई प्राथमिकता दिने उल्लेख गरे । व्यवसायका लागि गरिने लेनदेन र ठगिका कारण आर्थिक अपराध हुने गरेको उनको भनाइ छ । आर्थिक अपराधसँगै...
लकडाउनको असर वृद्वाश्रममा पनि, खाद्यान्न अभाव
पोखरा, १४ असार । लामो समयको लकडाउनका कारण पोखरा १४ बाच्छेबुडुवामा रहेको वात्सायन वृद्वाश्रममा अभाव सृजना भएको छ । लकडाउनका कारण सहयोगी पुग्न नसकेपछि वृद्वाश्रममा अभाव सृजना भएको हो । पछिल्लो समय वृद्वाश्रमका लागि खाद्यान्न अभाव हुन थालेको छ ।वृद्वाश्रमप्रति कुनै पनि सरकारले ध्यान र चासो दिएका छैनन । पोखरा महानगरपालिकाले लकडाउनदेखि अहिलेसम्म १ कार्टुन...