पोखरा सेरोफेरो

सोंथर बेँसी टारी बजार मेलाको आयब्यय सार्वजनिक
पोखरा, २३ जेठ । सोंथर बेँसी विकास समितिले सोंथर बेँसी टारी बजार कृषि ,पर्यटन, खेलकुद तथा संस्कृति मेलाको आयब्यय सार्वजनिक गरिएको छ । पोखराको नादा तमु समाजमा मेलाका सहयोगीदाताहरु, संस्थाका आजीवन र साधारण सदस्यहरुको भेला गरी आयब्यय सार्वजनिक गरिएको हो । मेलामा कूल आम्दानी सात लाख ४६ हजार चार सय ५८ भएकोमा कूल खर्च छ...
हेम्जा वोर्डिङ्गमा जुरेस गठन
पोखरा, २१ जेठ । हेम्जा वोर्डिङ्ग स्कूलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा समिति गठन गरेको हो । सर्कलको उपाध्यक्षमा इच्छा अधिकारी, सचिवमा सलिन गौतम, सह–सचिवमा किस्मत लामिछाने, कोषाध्यक्षमा विजय पौडेल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा कृष्टिला गिरी, आयुष्ना परियार, रुविना कुँवर, एष्टर थापा मगर, एली शर्मा, सोनिया पोख्रेल...
उत्कृष्ट महिला उद्यमीबाट सौन्दर्यकर्मी गुरुङ्ग सम्मानित
पोखरा, १६ जेठ । सरकारले पोखराकी वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई उत्कृष्ट महिला उद्यमीबाट सम्मान गरेको छ । महिला उद्यमशीतलामा योगदान पु¥याएको भन्दै उहाँलाई गण्डकी प्रदेशबाट सम्मान गरिएको हो । उहाँलाई नगद रु १ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा राष्ट्रपति...
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
पोखरा, १६ जेठ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ(निष्टा)को गण्डकी प्रदेश अध्यक्षमा पोखराका गुरुदत्त शर्मा दवाडी मनोनित हुनुभएको छ । निष्टाका केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले उहाँलाई मनोनित गर्नुभएको हो । मनोनयन पत्रमा उहाँलाई संघको विधान २०७९ बमोजिम तदर्थ समिति निर्माण र सदस्यता विस्तार गरी तोकिएको समयमा जिल्ला अधिवेशन सम्पन्न गर्न भनिएको छ...
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पोखरा, १४ जेठ । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आइतबार पदस्थापन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गर्नुभयो । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । जेठ ७ गते...
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
पोखरा, १२ जेठ । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट –डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ, के...
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
पोखरा, ६ जेठ । अन्नपूर्ण गाउँपालिका कास्कीमा नयाँ नेतृत्व आएको एक वर्ष पुगेको छ । गत वर्ष वैशाख ३१ गते नेकपा एमाले उम्मेदवार रहेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी विजयी भएका थिए । जेठ ६ गते पदभार ग्रहण गरेका केसीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण शुक्रवार सार्वजनिक गर्नुभयो । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा...
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
पोखरा, ४ जेठ । मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते हुने भएको छ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन चिप्लेडुंगा स्थित क्लाउड नाइन रेस्ट्रोमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिनुभयो । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा,...
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
पोखरा, २९ वैशाख । क्रेनको ठक्करबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । क्रेनको ठक्करबाट कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.७ लाहाचोक बस्ने ३८ वर्षिया धना अधिकारीको मृत्यु भएको हो । विहीबार पोखरा मालेपाटन स्थित पोखरा बाग्लुङ सडक खण्डमा पस्र्याङबाट जिरो किमीतर्फ जादै गरेको ग.१.क ५८०५ नं. को क्रेनले बाटो काट्दै गरेको अवस्थामा अधिकारीलाई ठक्कर दिएको...
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
पोखरा, २६ वैशाख । पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जबाफदेही रूपमा परिचालन गरी विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजना समेतको मर्मलाई आत्मसात...
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल
पोखरा, २३ वैशाख । विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले शनिवार वडा नं.१ देखी २५ सम्मका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था, आमा समूहका प्रतिनिधि र सर्वेक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐनमा गरिएको व्यवस्था अनुसार नगर विकासको निमित्त नगर क्षेत्र...
कालिखोला–काँहुकोट अग्र्यानिक पदमार्गको शिलान्यास
पोखरा, २१ वैशाख ।पोखरा महानगरपालिका वडा नं.११ कालिखोला देखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहँुकोट अग्र्यानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गर्नुभएको हो । कालिखोलादेखी काँहुकोटसम्म १.८ कि.मि लम्बाईको अग्र्यानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । “पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण...