विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल

विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल

IMG_3020
पोखरा, २३ वैशाख । विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले शनिवार वडा नं.१ देखी २५ सम्मका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था, आमा समूहका प्रतिनिधि र सर्वेक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।
पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐनमा गरिएको व्यवस्था अनुसार नगर विकासको निमित्त नगर क्षेत्र भित्रको तथ्याङ्क सङ्कलन गरी समग्र महानगरपालिकाको अवस्था तथा वस्तुस्थिति झल्कने गरी नगर पार्श्वचित्र तयार पार्न लागेको बताउनुभयो । भरपर्दो र सही तथ्याङकिय आधार नै वैज्ञानिक योजना पद्धतिको जग हुनेभएकोले वस्तुपरक र वैज्ञानिक तथ्याङ्क अभिलेखीकरणका लागि विद्युतीय पार्श्वचित्र तयार गर्न लागिएको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले महानगरको समग्र अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन महत्त्वपूर्ण हुने बताउनुभयो ।
तथ्याङ्क सङ्कलनका क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।
महानगरका प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङ्कको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुनेछ ।
महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्नेछ ।
महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
16 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 15 Jan 2025 19:05 UTC
Latest change: 15 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.19down
Indian Rupee 
Indian Rupee
86.33down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.97
British Pound 
British Pound
0.82
Australian Dollar 
Australian Dollar
1.61down
Japanese Yen 
Japanese Yen
156.86down
US Dollar 
US Dollar
1
16 Jan · FX SourceRastra 
Nepal Rastra bank
Check: 15 Jan 2025 19:05 UTC
Latest change: 15 Jan 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀