पोखरा सेरोफेरो

प्रजातन्त्र सेनानी गुरुङको निधन
पोखरा, १८ असोज । कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ निवासी प्रजातन्त्र सेनानी धुली गुरुङको निधन भएको छ । ८१ वर्ष को उमेरमा शनिवार पोखरा १३ वीपी मार्गस्थित निवासमा निधन भएको हो । उनको आइतबार पोखरा तुल्सीघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको...
देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई
पोखरा, १५ असोज । देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मानबाट पोखरा २५ का शिक्षासेवी तथा समाजसेवी चुडामणि तिमिल्सिनालाई सम्मान गरिएको छ । लायन्स क्लब अफ पोखरा लालीगुँरासले प्रदान गर्ने सो सम्मान देवीलाल सापकोटाका परिवारले स्थापना गरेका हुन् । ं कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ बी वानका डिष्टिक गर्भनर मनबहादुर रोकाहा, संस्थापक परिवारका सदस्य हरिकला...
पोखरा महानगरलाई खबरदारी गर्दै काँग्रेस नगर समिति
पोखरा, १४ असोज । पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समितितर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मानबहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको...
जनप्रतिनिधिलाई थाहै नदिइ नेकपाले सरोकार समिति गठन गरेकोमा आपत्ती
पोखरा, १३ असोज । मादी गाउँपालिका वडा नं ८ कार्यालयले जनप्रतिनिधिलाई सूचना नै नगरी नेकपाले पूल निर्माणका लागि सरोकार समिति गठन गरेकोप्रति आपत्ती जनाएको छ । वडाध्यक्ष यमबहादुर गुरुङले मङ्गलबार प्रेस विज्ञप्ति प्रकाशित गरी वडा कार्यालयकै जनप्रतिनिधिको रोहवरमा सरोकार समिति गठन गर्नुपर्नेमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई थाहै नदिइ नेकपाले समिति गठन गरेकोप्रति आपत्ती जनाइएको छ ।...
पोखरा महानगरपालिकामा मनोमानी भएको भन्दै काँग्रेस निर्वाचित वडाध्यक्षहरुको आपत्ती
पोखरा, ११ असोज । पोखरा महानगरपालिकामा काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरु (२, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२) ले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् । महानगरपालिकाको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै पछिल्ला गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । ११ जना वडाध्यक्षहरुको तर्फबाट...
कास्की काँग्रेसद्वारा सिकन्दरको श्रद्वाञ्जली सभा
पोखरा,१० असोज । नेपाली काँग्रेस कास्कीले स्व. नेता भोजबहादुर गुरुङ सिकन्दरको १३ औं दिनको पुुण्य तिथिमा आज श्रद्वाञ्जली सभा गरेको छ । कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ता,शुुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वत्ताहरुले सिकन्दरलाई त्यागि, इमान्दार, निडर र स्पष्ट वत्ताका रुपमा स्मरण गरेका थिए । श्रद्वाञ्जली सभामा नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं...
तरुण दल कास्कीद्वारा उपचार सहयोग हस्तान्तरण
पोखरा, ७ असोज । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नेपाल तरुण दल कास्कीले विहीबार उपचार सहयोग हस्तान्तरण गरेको छ । तरुण दल कास्कीले कास्कीको रुपा गाउँपालिका वडा नं १ का न्यूरो सम्बन्धी विरामी वुद्विबहादुर विकलाई ३५ हजार पाँच सय रुपैया सहयोग गरेको हो । नेपाल तरुण दल...
काँग्रेसद्वारा पोखरा ११ र २६ मा सहयोग
पोखरा, २५ भदौ । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको १०७ औ जन्म जयन्तीको अवसरमा बाढीपहिरो प्रभावित परिवारलाई सहयोग गरिएको छ । यसैक्रममा नेपाली काँङ्ग्रेस पोखरा ११ र पोखरा २६ ले सहयोग हस्तान्तरण गरेको छ । पोखरा ११ काहँु बस्यारीस्थित प्रेम क्षेत्री र संगीता परियारको परिवारलाई नगद र जिन्सी गरी २० हजार बराबर सहयोग गरिएको हो...
कास्कीमा वीपी जयन्ती, बाढिपहिरो प्रभावित ३० परिवारलाई सहयोग
पोखरा, २४ भदौं । नेपाली काँग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ । पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेता सोभियतबहादुर अधिकारी, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले पोखराको वीपी चोकस्थित वीपीको...
नेकपा संगठित सदस्य रानाभाट काँग्रेसमा प्रवेश
पोखरा, २३ भदौं । नेकपामा संगठित सदस्य रामचन्द्र रानाभाट नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मादी गाउँपालिका वडा नं १२ अलैचि निवासी उनी २०५१ देखि तत्कालिन नेकपा एमालेको संगठित सदस्य थिए । उनी रत्नशोभा प्राविका पूर्व प्रधानाध्यापक हुन् । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले रानाभाटलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । नेपाली काँग्रेस क्षेत्र...
खाजा खर्च कटाएर सरसफाइमा जुटे युवा
पोखरा, २२ भदौ । सरसफाइ सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले पोखराका युवाहरु सरसफाइ अभियानमा जुटेका छन् । हिल हिमालयज्को अगुवाइमा पोखराका विभिन्न डाडाँहरुमा सरसफाइ अभियान लगिएको छ । पोखरा नजिकका रमणीय डाडाँकाँडाहरु फोहोरका कारण दुर्गन्धित र प्रदुषित हुन थालेकाले सरसफाइ अभियान संचालन गरिएको हिल हिमालयज्का संयोजक रोशन गुरुङले बताए । ‘डाडाँदेखि हिमालसम्म नै सरसफाइ गर्ने योजना...
कास्कीमा १०७ औं वीपी जयन्ती मनाउने तयारी
पोखरा, २२ भदौं । नेपाली काँग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाउनका लागि कार्यक्रम तय गरेको छ । कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको सोमबारको संयुक्त बैठकले जन्मजयन्तीको अवसरमा बाढिपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने कार्यक्रम तय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । पार्टीका नेता पीडित परिवारमा पुगेर...