पोखरा, २४ भदौं । नेपाली काँग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ ।
पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेता सोभियतबहादुर अधिकारी, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले पोखराको वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
त्यस अवसरमा नेता शुक्रराज शर्माले वीपीका सिद्वान्तलाई सबै दल र नेताहरुले पछ्याइरहेको उल्लेख गरे ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले बाढिपहिरो प्रभावित परिवारको साथ रहेर वीपी जयन्ती मनाइएको उल्लेख गरे ।
कास्की काँग्रेसले कास्कीका बाढीपहिरो प्रभावित ३० परिवारलाई आर्थिक सहयोग गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
हेमजा, सराङकोट, कास्कीकोट, पोखरा २६, २७, लाहाचोक, मादी ८ रवैडाडाँ, पोखरा ११ काहुँ, पोखरा २८ सौर्य र ल्वाङका बाढिपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
कास्की काँग्रेसले पोखरा २७ अर्घाैचोकस्थित घरेलुचौरमा आयोजना गरेको कार्यक्रममा कास्की काँग्रेसका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पूर्वसभापति थापाले जनताका सुख र दुःखमा काँग्रेस सदैव सँगै रहेको बताए ।
कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराई र देवेन्द्र रानाभाटले संस्थापक कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा गरे ।
नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बिर्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य राजेन्द्रमणि लामिछानेले स्वागत र नेपाली काँग्रेस पोखरा २७ का सचिव विश्वराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं