पोखरा सेरोफेरो

कालिका क्याम्पसको अध्यक्षमा प्रेमकुमारी केसी, सदस्यमा किरण
पोखरा २७ मंसीर । कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा प्रेमकुमारी केसी सर्वसम्मत चयन भएकी छन् । समितिका जेष्ठ सदस्य जे.बी कुँवरको अध्यक्षतामा शनिवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । क्याम्पसको संरक्षक एवं सिनेटर समेत रहेकी केसी लामो समय देखि सो क्याम्पसको सञ्चालक समितिको महिला सदस्य पदमा...
कास्की काँग्रेसले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउने
पोखरा, २६ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने भएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रभावकारी र व्यवस्थित ढंगबाट प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रदर्शनका लागि पार्टीका सबै तहबाट प्रदर्शनको तयारी तिव्र पारिएको प्रवत्ता नवीन सिग्देलले बताए । पार्टीको मंशिर २९ गतेको देशव्यापी...
प्रदीपलाई युआरएल पत्रकारिता पुरस्कार
पोखरा, २३ मंसिर । पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएलको सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो । गण्डकी मेडिकल कलेज जिएमसीका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद...
प्रदर्शनको तयारीमा जुट्न भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन
पोखरा, २३ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मङ्गलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ । पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि तयारी शुरु गर्दै बैंठक तथा छलफल गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकमा भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा पदाधिकारी...
कुँडहर सहकारीको अध्यक्षमा थापा
पोखरा, २२ मंसिर । कुँडहर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले आगामि तीन वर्षका लागि विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवबहादुर थापा, सचिवमा सुरेन्द्र विनोद खनाल, कोषाध्यक्षमा शुक्रराज अधिकारी, सहसचिवमा दया बराल छन् । सदस्यमा आनन्दी राणा(कार्की), किशोरकुमार घिमिरे, दुर्गादत्त भुर्तेल, शान्तबहादुर थापा,...
एन प्याव्सनको वक्तृत्वकलामा रत्नज्योतिकी अधिकारी प्रथम
पोखरा, १३ मंसीर । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय नेपाली वक्तृत्वकला प्रतियोगितामा रत्नज्योति सेकेन्डरी स्कुलकी छात्रा अमृता अधिकारी प्रथम भएकी छन् । प्रतियोगितामा राइजिङ स्टार एकेडेमीकी छात्रा खुशी विक द्धितीय, पोखरा क्याम्ब्रीज इङ्लीस स्कुलकी छात्रा सन्जना मगर तृतीय र अक्सफोर्ड स्कुलकी छात्रा रोशनी शर्मा सान्त्वना भएको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिए ।...
लोकतान्त्रिक खेलकुद संघको रक्तदानमा ९६ युनिट रगत संकलन
पोखरा, १२ मंसिर । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले शुक्रबार पोखरामा खुल्ला रक्तदान गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा १० स्थित अमरसिंहचोकमा आयोजित रक्तदानमा ९६ युनिट रगत संकलन भएको संघका अध्यक्ष ओम बस्नेतले जानकारी दिए । नेपाली काँग्रेस खेलकुद विभागले संचालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा पनि रक्तदान गरिएको...
काँग्रेस वडा सहसभापति थापालाई मातृशोक, पूर्व सभापति लामिछानेलाई पत्नीशोक
पोखरा, १० मंसिर । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २५ का इकाइ सहसभापति दानबहादुर थापालाई मातृशोक परेको छ । उनकी ममतामयी आमा बालुदेवी थापाको ८५ वर्षको उमेरमा मङ्गलबार राति पोखरा २५ तल्लो हेमजास्थित निवासमा निधन भएको हो । दुई छोरामध्य दानबहादुर जेठा छोरा हुन् । थापा स्थानीय तहको निर्वाचनमा काँग्र्रेसको तर्फबाट वडा नं २५...
युआरएल पत्रकारिता पुरस्कार पौडेललाई
पोखरा, ८ मंसिर । युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव...
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले रक्तदान कार्यक्रम गर्दै
पोखरा, ८ मंसिर । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले पोखरामा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ संघले मंसिर १२ गते शुक्रबार पोखरा १० स्थित अमरसिंहचोकमा रक्तदान कार्यक्रम गर्न लागेको हो । नेपाली काँग्रेस खेलकुद विभागले संचालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा पनि रक्तदान गर्न लागिएको नेपाल...
अन्नपूर्ण मिजार समाजद्वारा समाजसेवी बस्याल सम्मानित
पोखरा, ७ मंसिर । अन्नपूर्ण मिजार समाज पोखरा १३ ले समाजसेवी विमल बस्याललाई सम्मान गरेको छ । युवा व्यवसायी समेत रहेका बस्यालले समाज सेवामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसी र समाजका अध्यक्ष चेतभक्त नेपालीले उनलाई सम्मान गरेका थिए । कार्यक्रममा कास्की काँग्रसका सभापति केसीले मिजार समाजलाई सहयोग...
पुम्दीभुम्दीमा काँग्रेसको शोक सभा
पोखरा, ७ मंसिर । नेपाली काँग्रेस पोखरा २२ वडा इकाइ समितिले पुम्दीभुम्दीमा शोक सभा गरेको छ । इकाइ सभापति देउकाजी गुरुङका बुबा बुद्विबहादुर गुरुङ र क्रियाशील सदस्य बुद्विराम परियारको स्मृतिमा शोक सभा गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । शोक सभामा कास्की काँग्रेसका नेता तथा स्थानीय कार्यकर्ता सहभागी थिए । शोक सभामा बोल्दै...