प्रदीपलाई युआरएल पत्रकारिता पुरस्कार

प्रदीपलाई युआरएल पत्रकारिता पुरस्कार

IMG_1402

पोखरा, २३ मंसिर । पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् ।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएलको सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

गण्डकी मेडिकल कलेज जिएमसीका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गरे । पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा आवद्ध छन् ।

जिएमसीका प्रिन्सिपल श्रेष्ठले पत्रकार जगतले निर्वाह गर्ने भूमिका महामारी, महासंकट आदि अझ बढ्ने उल्लेख गरे । उनले बिरामी खर्चकै अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवारी बन्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न संघ, संस्थाले यसरी प्रदान गर्ने पुरस्कारले क्रियाशील पत्रकारमा ऊर्जा भरिने र अझ जिम्मेवार हुन प्रोत्साहन गर्ने विचार राखे ।

प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बास्तोलाले स्वास्थ्यबारे सर्वसाधारणलाई सचेत बनाउन र यो क्षेत्र हुने कमी, कमजोरीलाई सच्याउन पत्रकारिता जगतको अहम् भूमिका रहेको बताए । करिब डेढ दशकदेखि पत्रकार पौडेलले यस्तै भूमिका निर्वाह गरिरहेकाले उनलाई पुरस्कारका लागि छनोट गरिएको जनाए ।

प्रतिभा छनोट समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। माधव तिवारी र इन्सेक गण्डकी प्रमुख शिव खकुरेल सदस्य थिए ।

रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पाँैडेलले नागरिक पत्रकारिता मौलाउँदै गरेको यो युगमा मिडियाको दायित्व र भूमिका अझ गहन र गम्भीर भएको जनाए ।

पुरस्कृत पत्रकार प्रदीप पौडेलले पुरस्कारले आफूमा ऊर्जा थपेको र थप जिम्मेवारीबोध गराएको उल्लेख गरे । उनले कोभिड १९ संक्रमणपछि आफूले भोगेको अनुभव पनि सुनाए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले ७ वर्षको अवधिमा करिब एक सय वटा स्वास्थ्य शिविर गरी सर्वसाधारणलाई सचेतनासहित निशुल्क सेवासमेत प्रदेश गरेको उल्लेख गरे । उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामी गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन प्रतिवद्ध छौं ।’

प्रबन्ध निर्देशक पन्तले चाडै युआरएलले स्याङ्जाको वालिङ र लमजुङको वेशीसहरमा शाखा विस्तार गर्न लागेको जानकारी समेत थिए । उनले गण्डकी प्रदेशभर कुनै न कुनै माध्यमले सेवा विस्तार गरी सर्वसाधारणलाई गुणस्तर सेवा दिने प्रतिवद्धता जनाए ।

कार्यक्रम सञ्चारकर्मी सन्तोष बस्यालले सञ्चालन गरेका थिए । युआरएलले स्थापना र सञ्चालन गर्ने यो पुरस्कार हरेक वर्ष गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक पत्रकारलाई प्रदान गर्ने गरिएको छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
06 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 06 Dec 2024 00:50 UTC
Latest change: 05 Dec 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
135.58
Indian Rupee 
Indian Rupee
84.7
US Dollar 
US Dollar
1
Euro 
Euro
0.95
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
150.14
US Dollar 
US Dollar
1
06 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 06 Dec 2024 00:50 UTC
Latest change: 05 Dec 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀