पोखरा सेरोफेरो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रीकृष्ण
पोखरा, ३ जेठ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रीकृष्ण श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षत्रीले सोमबार उहाँलाई डिन नियुक्त गर्नुभएको हो । वरिष्ठ बाल रोग विशेषज्ञ डा. श्रेष्ठ तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पुर्व मेडिकल सुपरिटेन्डेण्ट हुनुहुन्छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा निवासी डा. श्रेष्ठ विगत दुई दशकभन्दा...
पत्रकार पौडेलको निधनमा नेपाल प्रेस युनियन कास्की मर्माहत
पोखरा, ३० वैशाख । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रवन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ कोे असामयिक निधनले नेपाल प्रेस युनियन कास्की मर्माहत भएको छ । कोरोना भाइरस  (कोभिड—१९) संक्रमण भइ विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा आज ४१ वर्षको उमेरमा भएको असामयिक निधनले युनियन स्तब्ध भएको हो । नेपाल...
पोखरा–४ मा कोभिड सहयोग उपसमिति
पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं ४ मा कोभिड १९ सहयोग उपसमिति गठन गरिएको छ । वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैंठकले समाजसेवी राजेन्द्रनिधि कोइरालाको अध्यक्षतामा ११ सदस्यीय उपसमिति गठन गरेको हो। कोभिड रोकथाम तथा प्रभावितलाई सहयोग र आवश्यक समन्वय गर्ने उद्देश्यले उपसमिति गठन गरिएको हो । उपसमितिको उपाध्यक्ष गेहेन्द्र्रश्वर कोइराला,...
भोलि सार्वजनिक विदा
पोखरा, ३० वैशाख । गण्डकी प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना अनुसार, मुस्लिमहरुको पर्व इदको अवसरमा गण्डकी प्रदेश भर सार्वजनिक विदा दिइएको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ साल चैत १७ को बैंठकले प्रदेशमा लागू हुने सार्वजनिक विदाका बारेमा निर्णय गरेको थियो । सोही निर्णयको...
युवा व्यवसायी गुरुङद्वारा कोरोना संक्रमितको शव व्यवस्थापनमा सहयोग
पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं १३ निवासी युवा व्यवसायी सुजन गुरुङले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि सहयोग गरेका छन् । संक्रमणबाट दिनहुँ मृत्यु हुँदा शव व्यवस्थापनमा सवारी साधनको समस्या भएपछि उनले आफ्नो टिप्पर सहयोग गरेका हुन् । शव व्यवस्थापनका लागि ग.१.ख ६८६९ नम्बरको ट्रिपर पोखरा महानगरपालिकालाई सुम्पेका छन् । ट्रिपर...
प्याङखोलाको घुम्तीमा ट्याक्सी दुर्घटना, दुईको मृत्यु
गलकोट, २९ वैशाख (रासस) । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४०...
विपन्न र समस्यामा रहेकाहरुका लागि पेट्रोलियम डिलर्स एशोसियसनद्वारा आइशोलेशन
पोखरा, २९ वैशाख । गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइशोलेशन तयार गरेको छ । कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइशोलेशन तयार गरिएको एशोसियसनका अध्यक्ष राजन गोगंजुले जानकारी दिनुभयो । एशोसियसनको पोखरा महानगरपालिका १४ चाउथेमा रहेको भवनलाई आइशोलेशन सेन्टर बनाइएको हो । जटिल...
कास्की काँग्रेसले आइशोलेसन वार्ड र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय प्रशासनलाई जानकारी गरायो
पोखरा, २९ वैशाख । नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय बारे मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ । सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन दिने बारेमा पार्टीले गरेको निर्णय जानकारी...
पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि
गण्डकी, २८ वैशाख (रासस)।  पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गर्नुभएको हो । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गर्नुभएको हो । उहाँलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक...
क्याम्पस प्रमुख पराजुलीद्वारा क्याम्पस भवन बनाउन पाँच लाख सहयोग
पोखरा, २६ वैशाख । विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । पोखराको पहिलो सामुदायिक यो क्याम्पसले अहिले पोखरा–९ शान्ति वनबाटिकामा सुविधासम्पन्न र अपांगमैत्री भवन निर्माण गरिरहेको छ । क्याम्पस भवन बनाउनका लागि पराजुली र उनका पति...
रोकिएन महिला तथा बालबालिका हराउनेक्रम
लमजुङ, २६ वैशाख (रासस) । जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो । चालू आर्थिक वर्ष २०७७÷२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला,बालबालिका र ज्येष्ठ...