रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

लमजुङ, २६ वैशाख (रासस) । जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो ।

चालू आर्थिक वर्ष २०७७÷२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला,बालबालिका र ज्येष्ठ नागरिक हराएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार हराएकामध्ये २९ जना महिला, एक बालक, नौ बालिका र दुई ज्येष्ठ नागरिक फेला परेका छन् ।

त्यस्तै, अझै २४ महिला र पाँच बालिका भेटिएको छैन । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको यस सेवा केन्द्र प्रमुख अधिकारीको भनाइ छ ।

त्यस्तै गत आर्थिक वर्ष २०७६÷२०७७ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए ।

ती मध्ये ६४ महिला, १६ बालिका, तीन÷तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै,ती हराएकामध्ये ४२ महिला, १४ बालिका, तीन बालक र दुई ज्येष्ठ नागरिक फेला परेका छन् ।

हराएकामध्ये अझै २२ महिला, २ दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७५÷२०७६ मा एकसयचार महिला तथा बालबालिका हराएका थिए । यीमध्ये ७२ महिला, छ बालक, २६ बालिका रहेका छन् ।

ती मध्ये ५४ महिला, ४ बालक र २२ बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, १८ महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४ ÷२०७५ मा ८० जना महिला तथा बालबालिका हराएको प्रहरीको तथ्यांकमा रहेको छ ।

यीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, छ बालक र छ बालिका फेला परेका थिए भने, २७ महिला, छ बालक र १२ बालिका भने भेटिएको छैन । त्यस्तै आर्थिक वर्ष २०७३÷२०७४ मा ८० महिला तथा बालबालिका रहेको थियो ।

त्यस्तै सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । तीमध्ये २२ महिला, १२ बालक र छ बालिका फेला परेको प्रहरीको तथ्यांकमा रहेको छ ।

प्रहरी तथा सम्बन्धित निकायले महिला तथा बालबालिका र ज्येष्ठ नागरिक हराउने संख्या न्यूनिकरण गर्नका लागि विभिन्न रोकथामका प्रयास, संचेतनामूलक कार्यक्रम गरेपनि कमी आउन नसकेको प्रहरीले जनाएको छ ।

यसका लागि समाजका नागरिक नै शिक्षित भएर सचेतना फैलाउने र आफ्ना परिवारका सदस्य र समाजका आफन्त तथा छिमेकीहरुको रेखदेश राम्रोसँग गर्न सकेमा यसरी हराउने संख्यामा कमी आउने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
पोखरा पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै
मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा

नेपाल अपडेट

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने
मल बनाउँदै खेती गर्छन् विद्यार्थी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 15 Jun 
Nepal Rastra bank
Check: 15 Jun 2024 00:25 UTC
Latest change: 14 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.7
Indian Rupee 
Indian Rupee
83.52
US Dollar 
US Dollar
1
Euro 
Euro
0.93
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
157.2
US Dollar 
US Dollar
1
Rastra · USD · 15 Jun 
Nepal Rastra bank
Check: 15 Jun 2024 00:25 UTC
Latest change: 14 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀