पोखरा सेरोफेरो

पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै
गण्डकी, १५ कात्तिक : तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको...
गुटेरेसको सुरक्षार्थ खटिएका असई टिकारामको लेक लागेर मृत्यु
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । घान्द्रुक प्रहरी चौकीका इन्चार्ज पर्वत मोदी गाउँपालिका–६ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक ढुंगानालाई बिहान ९ः३३ बजे पोखराको मणिपाल अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा ९ः४६मा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी...
पुम्दीकोट जाँदै गरेको पोखरा नगरबस दुर्घटना
पोखरा महानगरपालिका वडा नं. २२ मा दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काटमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१...
पोखराको तालचोक-बेगनास सडक अब चार लेन
पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नम्बर ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकोमा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ । ‘ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो,’ महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भने, ‘सरासर काम भयो भने २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको...
घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना !
घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् । “घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरु गरेको छ”, उनले भनिन्,...
मुसलधारे वर्षा : पोखरामा धमाधम सडक पिच
पोखरा महानगरपालिकामा मुसलधारे वर्षाका बिच मध्यरातमा सडक पिच गरिरहेको भिडियो भाइरल भइरहेको छ । शनिवार राती पोखरा वडा नम्बर ९ स्थित नयाँ बजारमा अस्फाल्ट पिच गरिएको हो । पोखरामा मुसलधारे वर्षाका कारण सडकमा खोला बगेको बेला पिच गरिरहेपछि चर्को बिरोध भएको हो । पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले उक्त काम सडक विभाग अन्तर्गत भइरहेको बताए...
मणिपाल अस्पताल र मृतक पक्षबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
पोखराको मणिपाल शिक्षण अस्पताल र मृतकका आफन्तहरुबीच बिहीबार ६ बुँदे सहमति भएको छ । बिगत चार दिनदेखि आन्दोलनका कारण सेवा प्रभावित भएको अस्पतालका सेवा पुनः सञ्चालन भएका छन् भने सहमतिपछि मृतक पक्षका आन्दोलनका कार्यक्रम स्थगित भएको जनाइएको छ । सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा १० वर्षसम्म वर्षमा एक...
फेवाताल संरक्षण
फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाऊ : सर्वोच्च (पूर्णपाठ)
पोखरा । फेवाताल ६५ मिटरभित्रका सबै संरचना हटाउन पोखरा महानगरपालिकासहितको विपक्षीको नाममा परमादेशको पूणर्पाठ सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनको पूर्ण पाठमा सर्वोच्चले पछिल्लो फैसलामा पानीको उच्चतम बहाव रहेको वर्षायाममा नापेर ६५ मिटर क्षेत्रभित्रको संरचना ६ महिनाभित्र भत्काउन पुनः आदेश दिएको छ। महानगरको निर्णयविरुद्ध अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ...
डाक्टर कुटिएपछि पोखराको मणिपाल अस्पतालमा तनाव
डाक्टर कुटिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । आज अस्पतालका डाक्टरमाथि कुटपिट भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो । उपचारको क्रममा खटिएका डाक्टरसँग बिरामीको बारेमा बिरामीका आफन्तले छलफल गर्ने क्रममा उनीसँग आएका व्यक्तिले कुटपिट गरेका हुन् । डाक्टरलाई कुट्ने व्यक्ति मालेपाटनका विनय गुरुङ पक्राउ परिसकेका छन् । हिजो गम्भीर अवस्थामा ल्याईएका बिरामी भेन्टिलेटरमा...
संविधान दिवसमा गण्डकी प्रदेशमा विशेष कार्यक्रम
पोखरा, असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई प्रयोग गरेर संविधानमाथि प्रहार गर्नेबिरुद्ध मिलेर लड्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारले संविधान दिवस–२०८० को अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई देखाएर जनताको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन् ।...
तीज महोत्सव
उत्पादनलाई पर्यटनसङ्ग जोड्यौँ भने मुलुक अगाडि बढ्छ: धनराज गुरुङ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन सङ्ग जोडियो भने मुलुकको विकास हुने बताएका छन् । सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंग बाट तीज मनाउने प्रयास टेवानले गरेको भनाई उनको...
महिला आफै प्रतिवद्ध बन्नुपर्छः कांग्रेस नेतृ थपलिया
पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला थपलियाले घर, समाज र राजनीतिलाई महिला स्वयंले सम्हाल्नु पर्ने बताएकी छिन् । चेतनास्तर बृद्धि गर्न महिलाले ३ सत्ता पारिवारिक, सामाजिक र राज्य सत्तामा पहुँच बढाउन सुझाव दिइन् । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित नवौ वार्षिक साधारण भेला तथा तीज विशेष कार्यक्रमको प्रमुख अतिथि थपलियाले परिपक्क परिवर्तन गर्न...