मणिपाल अस्पताल र मृतक पक्षबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

मणिपाल अस्पताल र मृतक पक्षबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

mp

पोखराको मणिपाल शिक्षण अस्पताल र मृतकका आफन्तहरुबीच बिहीबार ६ बुँदे सहमति भएको छ । बिगत चार दिनदेखि आन्दोलनका कारण सेवा प्रभावित भएको अस्पतालका सेवा पुनः सञ्चालन भएका छन् भने सहमतिपछि मृतक पक्षका आन्दोलनका कार्यक्रम स्थगित भएको जनाइएको छ ।

सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा १० वर्षसम्म वर्षमा एक पटक विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने, दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पुर्‍याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुबै पक्ष राजी भएका छन् । दुबै पक्षले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले गत सोमबारदेखि सेवा बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका थिए । डाक्टरको विषयमा भने सहमतिपत्रमा केही उल्लेख छैन ।

नेपाल चिकित्सक संघ र अफिन गण्डकी प्रदेशभर ओपिडी सेवा बन्द गरी आन्दोलनमा  छन् । देशैभर चिकत्सकका आन्दोलन जारी छ । याे सहमतिले चिकित्सकको जारी आन्दोलन के हुने भन्ने विषयमा भने केही खुलेको छैन ।

लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀