देश

कांग्रेस संसदीय दलको बैठक वैशाख २५ मा
काठमाडौँ, २३ वैशाख (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार...
सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह
काठमाडौँ, २३ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो । सङ्क्रमणको दोस्रो...
कोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष सञ्चालन
काठमाडौँ, २३ वैशाख (रासस) । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ । अस्पताल तयारीका सम्बन्धमा जानकारी...
यार्सागुम्बा सङ्कलन गर्न गएका रावलको लेक लागेर मृत्यु
जाजरकोट, २३ वैशाख (रासस)।  यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई...
नगरप्रहरी र स्थानीयवासीबीच झडप, पाँच घाइते
लहान, २२ बैशाख (रासस) । लहान नगरपालिका–५ स्थित खुट्टी खोला किनारमा अतिक्रमण गरी बनाईएको घर टहरा हटाउने क्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् । नगरप्रहरी र स्थानीयवासीबीच आज झडप भएको हो । झडपमा परी नगरप्रहरी मनोज यादव, रामदयाल महतो, रामभरोसी यादव, सरसफाईकर्मी बब्लु मेहतर र अनिता मेहतर घाईते भएको नगरपालिकाले जनाएको छ ।...
निषेधाज्ञा ५२ जिल्लामा
काठमाडौँ, २२ वैशाख (रासस) । मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ...
अस्पतालहरुमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर
दमौली, २२ वैशाख (रासस) । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र...
बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित
धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको...
गस्ति गरेको अवस्थामा चट्याङले लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु
झापा, २१ वैशाख (रासस) । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुुनुभएको थियो । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा...
अब बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श
काठमाडौँ, २१ वैशाख (रासस) । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमण भएर होमआइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका...
आमा भन्नुहुन्छ – घरमा खाने अन्न पनि नभएको अवस्थामा कसरी छोरीको आँखाको उपचार गर्ने ?
बझाङ, २० वैशाख(रासस) । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौराकी ६ वर्षीया शिवानी सिंह र उनका आठ वर्षीय दाजु वैशाख १७ गते अपराह्न ४ बजेतिर घर नजीकै आँगनमा हाँस्दै रमाउँदै खेलिरहेका थिए । एक्कासि आएको हावाहुरीका कारण शिवानीको आँखामा खेलिरहेकै अवस्थामा छारो पस्यो । त्यतिबेला केही पनि भएन र त्यो दिन आँखामा छारो पसेको कुरा...