लहान, २२ बैशाख (रासस) । लहान नगरपालिका–५ स्थित खुट्टी खोला किनारमा अतिक्रमण गरी बनाईएको घर टहरा हटाउने क्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
नगरप्रहरी र स्थानीयवासीबीच आज झडप भएको हो । झडपमा परी नगरप्रहरी मनोज यादव, रामदयाल महतो, रामभरोसी यादव, सरसफाईकर्मी बब्लु मेहतर र अनिता मेहतर घाईते भएको नगरपालिकाले जनाएको छ ।
अतिक्रमण गरी बनाईएको घर टहरा हटाउन लिखित र मौखिक रुपमा पटकपटक सूचना दिए पनि अटेरी गरी नहटाएकाले डोजर लगाएर खाली गराईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमानन्द भुषालले जानकारी दिनुभयो ।
लहान नगरपालिका–९ खुट्टी खोला पूर्व लहान गोठ टोल जाने पिच सडकबाट पश्चिमतर्फ बैलहाट सडकबाट पश्चिम खुट्टी खोलाको जग्गामा व्यवस्थित हाटबजार लगाउने योजना रहेकाले अतिक्रमण गरी बनाईएका घर टहरा हटाईएको प्रमुख प्रशासकीय अधिकृत भुषालले बताउनुभयो ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं