देश

कांग्रेस बैठक बिहीबार पनि जारी रहने, आज क–कसले धारणा राखे ?
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि जारी रहने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा दुई दिनदेखि बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । आजको बैठकमा केन्द्रीय सदस्यहरु— जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली र नैनसिंह महरले आफ्नो धारणा राखेका छन्...
साथीहरूले साथ दिए संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छु : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुन: प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् । ‘म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो...
सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान सम्पर्कविहीन भयो। सोलुको सुर्के हेलिप्याडबाट उडेको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो। हेलिकप्टर पाइलट चेतबहादुर (सीबी) गुरूङले उडाएका थिए। उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो...
प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताएका छन्। आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पु¥याउने गरी बोल्न नमिल्ने प्रष्ट पारे। स्थिर सरकारको परिकल्पना गरेर प्रतिपक्षले पनि पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनको भनाइ छ। ‘पाँच वर्षसम्म...
‘बालुवाटार बैठकले सबै ठीकठाक छ भनेर हुँदैन, हामीलाई छट्पटाहट छ’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामप्रति सन्तुष्ट हुन नसकेको बताएका छन् । यद्यपि, सरकारले अघि सारेको भ्रष्टाचारको अभियानमा साथ रहेको उनको भनाइ छ । ‘दृश्यमा खप्तड’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनतालाई सन्तुष्ट हुने काम गर्न सरकारलाई आग्रह गरे । उनको भनाइ जस्ताको तस्तै अहिले...
प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमामा ठेस पुर्‍याएको छ : डा.शेखर कोइराला
विराटनगर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस पुगेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताए। उनले भने,’ कुन परिप्रेक्षमा बोल्नुभयो मैले त्यो जान्दिन। तर यसले अत्यन्त गलत भाष्य भएको छ। यसले संसदको गरिमालाई ठेस पुर्‍याएको छ। नेपाली जनतालाई पनि...
राष्ट्रपतिको उपचार खर्च तिर्न पोखरामा चन्दा संकलन
पाेखरा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि यो विषय अहिले चर्चामा छ । राष्ट्रपतिले सस्तो लोकप्रियताको लागि उपचार खर्च आफैँ व्यहोर्न चाहेको भनी सचिवालयबाट प्रचारबाजी गरेर अहिले पैसा मागेको भन्दै उनको आलोचना भइरहेको छ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले...
माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिका अध्यक्षलाई कुटेको आरोप लागेका उनी विरुद्ध इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि गुरुङलाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । गुरुङ आफैं प्रहरी कार्यालयमा पुगी आत्मसर्मपण गरेको डिएसपी विकले बताए...
कक्षा ९ मा पढ्ने छात्रालाई गणित शिक्षकको म्यासेज– पिल्स खायौ त ?
ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । उनी गणित शिक्षक हुन्। परियार एक वर्षअघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए । कक्षा ९ मा पढ्ने १५ वर्षीया...
चर्चित नेपाली रक गायक रबिन तामाङकाे निधन
चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । पारिवारिक श्राेतका अनुसार मंगलबार बेलुका उनकाे निधन भएको हाे । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको हाे । ६० वर्षीय तामाङकाे स्ट्राेकका कारण निधन भएकाे हुन सक्ने अनुमान छ । रविनको शवलाई अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनको...
असार १४ गते सार्वजनिक बिदा
पोखरा, १३ असार । सरकारले असार १४ गते विहीबार सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा २०७९ चैत २ गते प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा)को अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण
पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक बुधबार अन्तर्राष्ट्रिय जहान अवतरण भएको छ । चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए ३१९ जहाज चार्टड उडान मार्फत् अवतरण भएको हो । जहाज बिहान ९ः०६ मा विमानस्थलमा अवतरण भएको थियो । विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको हो...