नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताएका छन्।
आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पु¥याउने गरी बोल्न नमिल्ने प्रष्ट पारे। स्थिर सरकारको परिकल्पना गरेर प्रतिपक्षले पनि पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनको भनाइ छ।
‘पाँच वर्षसम्म प्रधानमन्त्री बन्नुभएन भन्ने पाँच-पाँच महिनामा राजीनामा मागिराखेर जाँदै गर्दाखेरी त्यसले जटिलता आउँछ। हरेक घटनामा राजीनामा दिने हो भने विगतमा त्यत्रो कोरोनाको लफडा हुँदाखेरी स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भनेर आयो । त्यसबेलै राजीनामा हुन्थ्यो होला । जनताद्वारा निर्वाचित संसदले पाँच वर्ष काम गर्ने भनेको बिचमा विघटन भएर त्यहाँ राजीनामा हुन्थ्यो होला। राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनु हुँदैन,’ उनले भने।
महामन्त्री शर्माले विवेकपूर्ण मुद्दा उठाउँदै गर्दा आवेगपूर्ण समाधान खोज्न नहुने भन्दै प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल नै निरन्तर रहने प्रष्ट पारे।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं