देश

प्रचण्ड सरकार पाँच वर्षसम्म जान सक्छ : डा. शशांक कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै पाँच वर्षसम्म जानसक्ने सम्भावना आफूलाई लागिरहेको पनि उनको भनाइ थियो । आइतबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।...
अपराध
तीनकुने सामूहिक हत्याकाण्ड: चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले गर्‍यो सार्वजनिक
काठमाडौं तीनकुने (गैरीगाउँ) स्थित दिव्य सःमिलमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो। भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी सुमन...
७८ औं महासभा
प्रधानमन्त्री प्रचण्ड अमेरिका आइपुगे
न्यूयोर्क । राष्ट्रसंघको ७८ औं महासभामा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्रीलाई विमानस्थलमा न्यूयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतले जेएफ केनेडी विमानस्थलमा स्वागत गरे । ७८ औं महासभा दुई साताअघि नै सुरु भइसकेको छ । मंगलबारदेखि उच्चस्तरीय सम्बोधन र छलफलहरु...
अमेरिकाबाट पार्सल गरिएको गाँजा र हेरोइनसहित १० पक्राउ
अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम...
प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान [तस्वीरहरू]
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखरप्रतिनिधिलगायतले बिदाइ गरे । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको...
कान्तिमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन थापाको असन्तुष्टि
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री दाहालले सो अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरेका हुन् । शुक्रबार प्रतिनिधि...
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, चार जना पक्राउ
काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति सामूहिक हत्या गरिएको छ । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज...
प्रधानमन्त्री दाहाल र चिनिया राष्ट्रपति सीबीच शिष्टाचार भेटघाट हुने
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनिया राष्ट्रपति सी जिङपिङ बीच शिष्टाचार भेटघाट हुने भएको छ । प्रधानमन्त्री दाहालले अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै चिनियाँ राष्ट्रपति सीसँग भेट्ने कार्यसूची तय भएको बताएका छन् । आगामी असोज ५ गते अमेरिकाको न्ययोर्कबाट सिधै चीनको हाङचाओ जान लागेका प्रधानमन्त्री दाहाल र चिनिया राष्ट्रपति बीच असोज ६...
आज राष्ट्रिय बाल दिवस मनाइँदै
आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो। नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४...
सामाजिक संजालमा अनर्गल प्रचार गर्ने रेग्मी प्रहरी हिरासतमा
सामाजिक संजाल फेसबुकमा अनर्गल प्रचार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । फेसबुक मार्फत भ्रम फैल्याउने स्याङजा आँधिखोला ५ बस्ने सुर्यबहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डाक्टर ढाकाकुमार श्रेष्ठलाई निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको साथै सांसद...
नेम्वाङको महाप्रस्थान
संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि [फोटो फिचर]
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व. नेम्वाङको बिहीवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । त्यसअघि स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए...
विश्वका सय उदीयमान नेताको सूचीमा बालेन्द्र शाह ‘बालेन’
अमेरिका । विश्वको प्रतिष्ठित म्यागेजिन ‘टाइम’ले सन् २०२३ का उदीयमान एक सय जनाको सूचीमा काठमाडौंका मेयर बालेन्द्र शाहलाई समावेश गरेको छ । म्यागेजिनले प्रकाशित गर्ने विश्वका उदीयमान नेताहरुमा काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ को नाम समावेश छ । म्यागेजिनले हरेक बर्ष ६ बिधामा, अभूतपूर्व योग्दान पुराएका तथा अतिरिक्त क्षमतावान व्यक्तिहरुको नाम समावेश गर्दै आएको...