देश

७८ औं महासभा बैठक
राष्ट्रसंघमा प्रधानमन्त्री दाहालको सम्बोधन
७८ औं महासभा बैठकलाई सम्बोधन गर्न अमेरिका आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च स्तरीय छलफल (हाइलेबल मिटिङ)लाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रसंघले दिएको बिषय भित्र केन्द्रित रहेर नेपालको धारणा अन्तर्राष्ट्रिय फोरममा राखेका हुन् । प्रधानमन्त्री दाहालले जलवायु परिर्वतन र दिगो बिकास लक्ष्यमा केन्द्रित रहेर धारणा राखेका छन् । उनले विश्वभर विश्वव्यापी विश्वासको...
सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता (सहमति बुँदासहित)
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सहमतिमा राहत शिक्षकहरूले भने असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर...
पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन सरकारलाई बुझाईयो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आठ महिनाअघि भएको यति एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार, २०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाइएको छ । लामिछानेले जहाज...
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन बिहिवार राती १० बजेदेखी लागु हुनेगरी अनिश्चितकालीन कर्फयु जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । साँझ भएको झडपमा आधा दर्जन घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन...
शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं- सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ। बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो। नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान ९ बजे औपचारिक रूपमा छलफल गर्ने सहमतिमा आजको बैठक सकिएको हो। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण...
शिक्षक आन्दोलित
शिक्षा विधेयक २०८०, खारेजीको माग
काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालय प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । काठमाण्डौं महानगरभित्रका प्रधानाध्यापकहरूले बुधबार संयुक्त विज्ञप्ति मार्फत शिक्षा विधेयकको बिरोध गर्दै आन्दोलनमा साथ दिने तर विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिको परिपूर्ति गर्ने प्रतिवद्धता जनाएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि...
देउवालाई शेखरको चुनौति ‘सच्चिनुभएन, अब तपाइसँग भेटघाट र संवाद हुँदैन’
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार इतर समूहका नेताहरूसँग बैठक गरेका कोइरालले  आज सभापति देउवालाई भेटेर देउवालाई सचेत गराएका हुन्। मंगलबार बसेको आफ्नो समूहको बैठकबाट सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएलगत्तै कोइराला धुम्बाराही पुगेका हुन्। जहाँ उनीसहित उपसभापति धनराज गुरुङ र...
सैनिक मञ्च टुँडिखेलमा मनाइयो संविधान दिवस
काठमाडौं । राजधानीको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू,...
शेखर कोइराला समूहको निष्कर्ष : सरकारको काम चित्तबुझ्दो छैन, विकल्प खोज्नुपर्छ
नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो । कोइरालानिकट केन्द्रीय सदस्य एवम् सांसद...
जनआन्दोलनका सर्वोच्च कमाण्डरको २६औँ स्मृति दिवस
राष्ट्रपतिले भनेः गणेशमान सिंह लोकतन्त्रका लागि लड्नेहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्नुभयो
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका लागि लड्नेहरूका लागि ४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह प्रेरणाको अजस्र स्रोत बनेको बताएका छन् । सिंहको व्यक्तित्व र योगदानलाई चीरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको पूर्णकदको शालिक मंगलवार अनावरण गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् । ‘जेलनेल, निर्वासन र क्रान्तिका कठिन समयमा पनि लोकतन्त्रको पक्षमा...
नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि रातिमा बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि रातिमा बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति त्यस क्षेत्रको खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको जनाईएको छ । असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम...
राजनीति
शेखर कोइरालाले बोलाए विश्व-प्रदीप सहितको बैठक
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इतर समूहको बैठक बोलाएका छन् । उनले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बस्दैछ । कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई छलफलका लागि डाकेका छन्...