देश

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरियो
काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरियो । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गरिएको हो । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको आज पनि भीड लागेको थियो । काठमाडौं उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणी...
हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो
गलकोट । बागलुङ नगरपालिका-५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खेपिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना निउरेले बताए ।...
नवरात्रको दोस्रो दिन : विधिपूर्वक गरियो ब्रह्मचारिणी देवीको पूजा आराधना
काठमाडौँ, २९ असोज : नवरात्रको दोस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने...
गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो
गोरखा, २८ असोज : गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले...
दसैं सुरु, आज घटस्थापना
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र...
मोदीको नेपाल भ्रमण ठाडो हस्तक्षेप हो : महामन्त्री थापा
कांग्रेस महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारलाई थाहै नदिई नेपाल भ्रमण गर्नु ठाडो हस्तक्षेप भएको बताएका छन् । महामन्त्री थापाले सबै राजनीतिक दल एक भई यस्ताखाले अतिक्रमणलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, महामन्त्री थापाले एक्कासी पत्रिका पढेर थाहा पाएकोमा आश्चर्य व्यक्त गर्दै भने, भारतीय प्रधानमन्त्रीको...
सुन तस्करी
राहुल महरालाई जिल्ला अदालतले कारागार चलान गर्न आदेश दियो
विद्युतीय चुरोटमा लुकाएर ९ किलो सुन तस्करी गरेको अभियोगमा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई जिल्ला अदालत काठमाडौंले कारागार चलान गर्न आदेश दिएको छ । न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको किनारा नलागे सम्म राहुललाई थुनामा पठाउन आदेश दिएको छ । २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल महरा...
भावी पुस्तालाई प्रविधियुक्त बनाउन आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेका कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्दै राष्ट्रपतिले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएकोमा जोड दिए । नेपालको लागि अनुसन्धान तथा...