मोदीको नेपाल भ्रमण ठाडो हस्तक्षेप हो : महामन्त्री थापा

मोदीको नेपाल भ्रमण ठाडो हस्तक्षेप हो : महामन्त्री थापा

Gagan Thapa

कांग्रेस महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारलाई थाहै नदिई नेपाल भ्रमण गर्नु ठाडो हस्तक्षेप भएको बताएका छन् । महामन्त्री थापाले सबै राजनीतिक दल एक भई यस्ताखाले अतिक्रमणलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, महामन्त्री थापाले एक्कासी पत्रिका पढेर थाहा पाएकोमा आश्चर्य व्यक्त गर्दै भने, भारतीय प्रधानमन्त्रीको भ्रमण हुनु नेपाल माथिको नाङ्गो र ठाडो हस्तक्षेप हो । उनले भने, हो हामी नेपालले सबै देशसँग समान ढंगले अन्तर्राष्ट्रिय सम्बन्ध राख्न चाहन्छौं तर यस्ता हर्कत हामीलाई मान्य हुँदैन् ।

महामन्त्री थापाले गठबन्धनको नाममा देश ४/५ जनाले चलाई रहेको आरोप लगाए । उनले पत्रकारलाई सुझाउँदै भने, अब बैठक बस्यो भने गठबन्धन दलका नेताहरुको बैठक बस्यो भन्नु होला । उनले देश अहिले नेताको प्राइभेट क्लब जस्तो भएको आरोप समेत लगाए । महामन्त्री थापले केही दिनअघि प्रधानमन्त्री पुष्पकमदल दाहालसँगको भेटमा सरकारका विषयमा कुरा राखेको जानकारी गराएका छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादा र शिष्टाचारको पालना नगरी नेपालमा भारतीय प्रधानमन्त्रीको भ्रमण नेपाल माथिको ठाडो हस्तक्षेप भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालपानी भ्रमणको विरोधका लागि आयोजित विरोध सभामा बोल्दै नेता केसीले भारतीय हस्तक्षेपविरुद्व एकजुट हुन राष्ट्रवादी शक्तिहरूलाई आह्वान गरेका छन् ।

केसीले भने, नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर आँच पुर्‍याएको छ, त्यसैले राष्ट्रवादी शक्तिहरू एकजुट भएर त्यसको सामना गर्नु जरुरी छ ।’ राष्ट्रिय जनमोर्चाले मोदीको भ्रमणप्रति कडा विरोध गरेको बताउँदै केसीले भारतले नेपालका विभिन्न स्थानको भूमिमा अतिक्रमण गरेको समेत स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀