देश

भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ : डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन् । विराटनगरको सोभित भवनमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए । उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन्...
ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण
आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १स्१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४.१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिएका छन् । राति २.३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)...
बडादशैंका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन
बडाको दशैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नम्वर ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित आश्रमलाई...
धादिङ सवारी दुर्घटनामा १७ जना घाइते
धादिङमा अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडाँैतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नंको बसले...
विदेशबाट फर्की स्वरोजगार बनेका सुमन
भोजपुर । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ । तुलानात्मक रूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न...
रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा
नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ । सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै...
बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले मनाए दशैं
सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडा दशैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दस मनाएका छन् । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादशैंका अवसरमा मुस्लिम अगुवाहरुले टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका हुन् । बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल...
अनलाइन पुजा आजा, आर्शिवाद ! सँस्कार संस्कृति थाम्दै नयाँ पुस्ता !
बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिइन् । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइन मार्फत पुरोहित भोला दाहालले गराइ रहेका थिए । “काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा”,...
भूकम्पका कारण धादिङमा २० घर भत्किए
धादिङ । आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । स्थानियहरुका अनुसार थप ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले जानकारी दिएका छन् । पटक-पटक चार रिक्टरस्केल भन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले...
पाल्पामा स्कर्पियो दुर्घटना, ६ जनाको मृत्यु
पाल्पामा आइतबार भएको स्कर्पियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ रजहरकी ६० वर्षीया पावर्ती लोहनी, ३५ वर्षीया सविना धिताल, ११ वर्षीया सबिस लोहनी, साढे २ वर्षीय बालक इसब लोहनी, ६५ वर्षीया कृष्णबहादुर लोहनी र लमजुङको...
हमास आक्रमणमा ज्यान गुमाएका चार जनाको शव नेपाल ल्याईदै
इजरायलको हमास आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीको शव आइतबार नेपाल ल्याउने तयारी गरिएको छ । तेल अविवस्थित नेपाली दूतावासका अनुसार कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाउन लागिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया पूरा नेपाल...
गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने
गाउँघरमा युवाशक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहारलगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा लिङ्गे पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायमै थियो । तर अहिले भने गाउँघरमा युवापुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि...