गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने

गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने

Ping

गाउँघरमा युवाशक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहारलगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा लिङ्गे पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायमै थियो । तर अहिले भने गाउँघरमा युवापुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि पिङ लोप हुन थालेको भोजपुर नगरपालिकाका शिव भुजेलले बताउनुभयो ।

“गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा समेत पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ”, स्थानीय बद्रीविक्रम बुढाथोकीले भन्नुभयो, “पुराना संस्कार तथा संस्कृतिहरू विस्तारै हराउँदो क्रममा छ । भोजपुरका बढी मात्रमा बाटिएको टोरी प्रयोग गरेर बासको लिङ्गा गाडेर लिङ्गे पिङ हाल्ने गरिन्थ्यो ।”

गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाटसमेत कम हुने गरेको छ । विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो तर त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ, स्थानीय युवा सञ्जीव कार्कीले भन्नुभयो ।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । तर पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको समेत अभावले पिङको संस्कार हराउँदै गएको अर्का स्थानीय महेन्द्र खत्रीको धारणा रहेको छ । “विगतमा जस्तो गाउँघरमा डोरी बाट्ने मनिसको अभाव छ, अहिले नेपालमै रहेका युवाहरू दसैँ मनाउन केही दिन घरमा आउँछन्, उनीहरूले बाबियो खोजेर डोरी बनाउन पनि जान्दैनन्”, खत्रीले भन्नुभयो ।

सानै उमेरदेखि दसैँमा पिङ खेल्ने गरेको उल्लेख गर्दै पछिल्लो समयमा भने पिङ नै गाउँघरमा लगाउन छाडिएको छ । पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएको वृद्धहरूको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀