देश

नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन । उनका अनुसार पिकअप...
सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको दावी गरेका छन । धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारेका छन । नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी...
मुलुक परिवर्तन गर्न कांग्रेस परिवर्तन हुन जरुरी : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी रहेको बताएका छन । बीपी स्टडी युथ सर्कलले रीता शाहीद्वारा लिखित गजल सङ्ग्रह ‘चिनारी’ को विमोचन गर्दै नेता कोइरालाले मुलुक परिवर्तन गर्नका लागि कांग्रेसलाई परिवर्तन गरेर अगाडि बढ्न जरुरी रहेको स्पष्ट पारे । नेता कोइरालाले कम्युनिष्ट पार्टीसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो...
ठगी मुद्दामा जनप्रतिनिधिसहित चार जना पक्राउ
पोखरामा एक जना जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी सहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो । पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति १३ हजार पाँच सय उठाएर व्यवसाय दर्ता नै नगरी ठगी गरेको भन्ने पीडितको...
उद्यमशिलता
विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन : मनग्य आम्दानी
नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन । बाग्लुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि १० लाख लागतमा बाख्रापालन थालेका थिए । उनले पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने...
जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्
सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लामा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनिशौच गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ । २०७६ असोज १३ गते खुल्ला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश तामझामका साथ घोषणा...
लोकतान्त्रिक आचरण र प्रणाली बलियो बनाउन सङ्कल्प यात्रा : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको दावी गरेका छन । अभियानका क्रममा मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरेका हुन । अध्यक्ष ओलीले देशमा...
लोकतन्त्रको रक्षार्थ नौ जिल्लामा नागरिक संवाद
लोकतन्त्रको रक्षार्थ, सुशासनको प्रत्याभूति र सद्भाव प्रवर्द्धनमा केन्द्रित रही मानवअधिकार तथा शान्ति समाजले नौ जिल्लामा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर १६ गते कास्कीको पोखराबाट सुरु भएको अभियानअन्तर्गत मङ्सिर २० सम्ममा स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चिवतन, गोरखा र नुवाकोटमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको समाजले विज्ञप्ति जारी गरी जानकारी दिएको छ...
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गर्ने चितवन रत्ननगर नगरपालिका वडा नं १० घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरी सार्वजनिक गरेको...
जनतालाई भरोसा दिने सुत्रको खोजीमा छु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको बताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’सम्बन्धी अन्तरक्रियामा उनले अब सेवा प्रवाह, विकास निर्माण तथा नीति तर्जुमाका क्षेत्रमा नयाँ सुरुवात गरिने बताएका छन । “मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा...
बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् । बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरी जन्माएकी हुन् । सुत्केरी व्यथा लाग्ने वित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा...
रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो । काठमाडौँ घर भएका सन्तोष रोका, काठमाडौँ–१६ घर भएका रोजल महर्जन, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, ३१ वर्षीय क्षितिज गिरी र...